एकैदिन पाँचवटा उद्घाट ३१ पुलको शिलान्यास
झापा । प्रधानमन्त्री केपी ओलीले आइतबार गृह जिल्ला झापामा एकै दिन बिभिन्न खोलामा निर्माण गरिएका पाँच वटा पक्की पुल उद्घाटन तथा मदन भण्डारी राजमार्गमा पर्ने ३१ वटा पुल शिलान्यस गर्नु भएको छ । विभिन्न उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी झापा आउनुभएका प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुलको उद्घाटन गर्नु भएको छ । त्यसलगत्तै उहाँले झापा र मोरङ जोड्ने दमक नगरपालिका–१० मा रहेको मावा खोलाको दुइर् सय मिटर लामो पक्की पुल उद्घाटन गर्नुभयो ।
त्यस लगत्तै दमक र गौरादह जोड्ने सेतुमारी स्थित रतुवा खोलाको ३ सय मिटर लोमो औद्योगिक क्षेत्र भित्रको पुल उद्घाटन गर्नु भएको छ । यसपछि दमक, कमल र गौरादह नगरपालिका क्षत्रे भित्र २२ सय बिगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको चीन नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सोही दिन झापाको दमकबाट उत्तरमा इलामको चुलाचुली जोड्ने पुलको पक्की पुलको उद्घाटन गर्नु भएको छ । त्यस पछि मदनभण्डारी राजमार्ग अन्र्तगत दमकको वेलगाँडीबाट इलामको बुकुवा जोड्ने रतुवा खोलामा निर्माण सु्रु गरिएको पुलको शिलान्यसा गर्नु भएको छ । यहाँ सनुसरीको धरान देखि पश्चिम झापाको बाहुनगाँडी भित्र पर्ने ३१ वटा नदीमा निर्माण गर्नु पर्ने पक्की पुलको एकै स्थानबाट शिलान्यास गर्नु भएको हो ।