गुल्मी भाडगाउँकी सम्झनाको हत्यामा संग्लन
आरोपमा स्थानीय एक जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय गुल्मीले सम्झना हत्या प्रकरणमा संलग्न एक जनालाई सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–३ की २१ वर्षीय सम्झना बोहोराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । आरोपित लालबहादुर नातामा सम्झनाका ससुरा पर्छन् ।
गत माघमा २९ गते बेपत्ता भएकी सम्झनाको यहि फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो । सोही दिन सम्झनाका ससुरा गणेश बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालयमा स्थानीय लाल बहादुर खत्रीको नाममा जाहेरी दरखास्त दिनुभएको थियो । आरोपित खत्रीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खत्रीले प्रहरी समक्ष हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा खत्रीले अहिले हत्या मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताउनुभयो ।