फेरि माओवादीमा फर्किदैनौ : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु फेरि माओवादी केन्द्रमा नफर्किने बताएका छन् । आज संसद् भवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले माओवादी केन्द्रबाट निर्वाचित भएपनि अहिले आफूहरुले छलफल गरिरहेको र पार्टीमा फर्किने सम्भावना भने धेरै कम रहेको बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि फकिर्न सम्भावना आफूले नदेखेको उनले बताए । पार्टीले सांसद पद खारेज गरेपनि फर्किने सम्भावना नरहेको उनले बताए ।