चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताउनु भएको छ ।
राष्ट्रपति कार्यालयआज आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको बताउनु भयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गर्नु भएको छ ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताउनु भयो ।
‘व्यवसायीहरुका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान रहेको बताउनु हुँदै अर्थमन्त्री पौडेलले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ महाअभियानको सारथी भएको बताउनु भयो।
‘सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा भएको बताउनु हुँदै अध्यक्ष श्रेष्ठले आफूहरुले उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहेको बताउनु भयो ।