माओवादी केन्द्रसँग मिलेर ओली सरकार ढाल्नु पर्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टिकिरहन सफल भएको खुलासा गरेका छन् ।
पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण गर्ने कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ओली सरकार ढाल्नको लागि सभापति देउवालाई आफूले पटक–पटक आग्रह गर्दा पनि पार्टीले कुनै निर्णय नगरेको आरोप लगाएका छन्।
माओवादी केन्द्रसँग मिलेर ओली सरकार ढाल्नु पर्ने नेता पौडेलले बताएका छन् ।
पौडेलले कांग्रेसकै कारण जसपा सरकारमा नआएको हो भने कुनै पनि बेला राजनीति उल्टो दिशामा जान सक्नेतर्फ सचेत गराएका छन ।
‘कांग्रेसले कुनै निर्णय नगर्ने हो भने राजनीति अर्कै दिशामा जानसक्ने चेतावनी दिँदै नेता पौडेलले देशमा थरिथरिका खेलाडीहरु रहेको बताउँदै अन्तर्राष्ट्रिय खेल पनि हुनसक्ने समेत बताएका छन् ।
प्रदेश सरकारसमेत ढाल्न आफूले सुझाव दिएको तर सभापति मौन बसेको नेता पौडेलले बताएका छन् ।