राजस्व चुहावट रोक्न सरकार कठोर
काठमाडौं । राजस्व चुहावट रोक्न सरकार कठोर बन्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण गर्न सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति सरकार कठोर बन्ने चेतावनी दिएका छन् ।
‘आज बसेको वैठकाम अर्थमन्त्री पौडेले राजस्व चुहावटप्रति सहिष्णु हुन नसकिने बताउँदै व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिने जनाएका छन् । निर्दोष नफस्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा नकारात्मक असर नपर्ने गरी काम गर्न समेत सरोकारवाला विभाग र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
ुसो अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको बताएका छन् ।
त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताउँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारबाही गर्ने वताएका छन् भने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसतै सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले पनि निमयित अनुगमनबाटै अनियमित गतिविधि रोक्न सकिने बताएका छन् ।
वैठकमा अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रण गर्न विभिन्न निकायबाट प्रयास भइरहेको बताएका छन् ।
त्यस्तै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरुलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरेका छन ।