कोरोना महामारीको एकवर्ष : फेरी बढ्न थाल्यो अत्यास !

काठमाडौं । अघिल्लो वर्षको चैत्र ११ गते कोरोना महामारी नियन्त्रण र रोगथामका लागि भन्दै सरकारले पहिलो पटक मुलुकमा लकडाउन गरर्यो । जसका कारण लामो समयसम्म नेपाली जनता घरबाट बाहिर निस्कन पाएनन । सर्वसाधरण नागरिक जो जहाँ थिए सोही ठाउँमा लामो समय सम्म बस्नुपर्दा डिप्रेशनको शिकार बन्न पुगे । आफनो थातथलो अर्थात गाउँघर जानसमेत नपाएर छटपटिमा परेका सर्वसाधरण नागरिक कति दिनसम्म पैसाको अभावका कारण भोकभोकै बस्न बाध्य भए ।
काम र दाम दुवैको अभाव भएपछि सरकारले सर्वसाधरणको लागि भनेर उपलव्ध गरायो । तर सो राहतमा पनि सर्वसाधरणको भन्दा पहुँचवालाहरुले नै बढी हालीमुहाली गरे । लामो समयसम्म लकडाउन हुँदा सर्वासाधरण र निमुखा गरीव नागरिक हप्तौ दिन हिंडेर आफनो गनतव्य तय गरे । सरकारले उनीहरुलाई घरसम्म पुर्याउनको लागि सवारी साधनको व्यवस्था मिलाउन सकेन । लामो समयसम्म उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्टहरु बन्द हुन पुगे र चलेनन । जसका कारण ती उद्योगमा काम गर्दै आएका लाखौं कामदारहरु बेरोजगार हुन पुगे । स्कुल, कलेज संचालनमा नआएपछि त्यहाँ अध्ययनरत बिद्यार्थी र शिक्षकहरु पनि एक किसिमले बेरोजगार हुन पुगे । गाउँघर जाऊँ, सवारी साधन छैन, नजाउँ शहर बजारमा डेरामा बिहान बेलुकीको लागि हातमुख जोर्ने खाने कुरा छैन !
यस्तो बिडम्वना र दुखदपुर्ण अवस्था उनीहरुले लामो समयसम्म बेहोर्नुपर्यो । कयौंदिन त उनीहरु पानी मात्र पिएर भोकभोकै बस्न बाध्य भए । सरकारले नागरिकप्रति गर्नुपर्ने कर्तव्य, सहिष्णुता र निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गरेन । काठमाडौंदेखि पुर्वतर्फको सिरहा, सप्तरी, बिराटनगरसम्म मानिसहरु हिंडरै यात्रा गरे । यसैगरी धादिङ हुँदै बुटवल, पाल्पा, कपिलबस्तु, दाङ हुँदै कर्णालीका जिल्लाहरुमा समेत सर्वसाधरण नागरिकहरु पैदल हिंडेर याात्रा तय गरे ।
रोजगारीका लागि छिमेकीमुलुक भारत गएकाहरु पनि कयौंदिन हिंडेर नेपालको बोर्डरसम्म आइपुगे । बोर्डरमा आएका उनीहरुलाई सरकारले उद्दार गरेर घर पुरर्यायनुको सट्टा रोकेर राख्यो । जसले गर्दा भोकभोकै बस्नु पर्यो । उनीहरुलाई स्थानिय सरकारले उद्दार गरेर घर पुरर्याउने व्यव्यस्था गरेन । नगरेपछि सर्वत्र बिरोध भयो । घर संझेर र रोगको प्रवाह नगरी स्वदेश आएका नागरिकलाई रोक्न नहुने बरु क्वारेनटाइनमा राख्नुपर्ने सुझाव आएपछि घरसम्म पु¥याउनलाई स्थानिय सरकारहरुले पहल गरे । यतिसम्म भयो कि घरमा आफन्त बितेकाहरुले सहजरुपमा काज किरियासम्म गर्न पाएनन । स्थानिय सरकारले बोर्डरबाट अगाडि बढन नदिएपछि ज्यानको पर्वाह नगरी सुदुपश्चिमका केही नागरिक महाकाली नदीमा हाम फालेर तर्दै घर गएका खवरहरु पनि बाहिर आए ।
अहिले ठयाक्कै एकवर्ष पछि फेरी कोरोना माहामारीको त्रासले सताउन शुरु गरेको छ । गत वर्ष यही समयमा सरकारले लकडाउन गरेको थियो । लकडाउनका कारण मुलुकको आर्थिक गतिबिधि लामो समयसम्म चैपट्ट मात्र भएन कि डामाडोल नै हुन पुग्यो । जसका कारण सर्वसाधरण नागरिकले नराम्ररी गरी दुख पाए ।अब फेरी त्यही नियति दोहोरिने होकी भन्ने आशंका र त्रास सर्वसाधरण नागरिकमा परेको छ । त्यस्तै अवस्था हाम्रो ढोका सामुन्ने आउन लागेको होकी भन्ने किसिमको संकेतहरु देखा पर्न थालेका छन । हाम्रो छिमेकीमुलुक भारतमा दैनिक ५० हजारको हाराहारी भन्दा पनि माथि कोरोना संक्रमणका बिरामीहरु भेटिन थालेका छन । यसैगरी मृत्यु दर पनि बढदो क्रममा अकालो लागिरहेको छ । अहिले पनि नेपाल र भारतका बोर्डरहरु बन्द गरिएका छैनन, खुल्ला नै छन । निगरानी भने केही बढाइएको समाचारहरु बाहिर आएका छन ।
संघीय सरकारले बोर्डरहरुमा कडार्इं गर्न आदेश जारी गरिसकेको छ । तर पनि स्थानिय सरकारले सर्तकता मात्र अपनाइ रहेका छन । जसका कारण संक्रमितहरु जुनसुकै बेला पनि नेपाल भित्र प्रवेश गर्न सक्ने अवस्था बिद्यमान छ । नेपाल र भारतका बिच करिव दुई हजार किलोमिटर खुल्ला बोर्डर छ । जसका कारण जुनसुकै समयमा पनि दुई मुलुकका नागरिकहरु ओहोर दोहोर गर्नसक्ने अवस्था रहन्छ । नेपालबाट रोजगारीका लागि लाखौं ननगरिक भारत गएका छन भने उतावाट पनि नेपाल आएका छन । गत वर्ष महामारीलाई सरकारले ख्याल ख्याल संझेर लामो समयसम्म बोर्डर खुल्ला राखेकै कारण सुदुरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य अवस्था भयावह र दर्दानक बन्न पुगेको थियो । यी घटना ताजै पनि छन । यसलाई पाठको रुपमा लिएर अव त्यस्तो घटना दोहोरिन नदिनका लागि आजै देखि स्वास्थ्य सर्तकता अपनाउन जरुरी भइसकेको छ ।
अहिले पनि समयमा बोर्डरबाट आउ जाउमा कडाईं गरिएन भने त्यही नियति नदोहोरिएला भन्न सकिने अवस्था यथावत छ । नेपाल र भारतका बिचमा खुल्ला बोर्डर मात्र होइन कि रोटी बेटीको सम्वन्ध पनि रहंदै आएको छ । यो कारण पनि दुवै मुलुकका नागरिक जुनसुकै समयमा पनि नेपाल प्रवेश गर्न उता जानसक्ने अवस्था छ ।
यो कुरा सम्वन्धित निकायलाई झनै थाहा नहुने बिषय भएन । गतवर्ष नेपाल र नेपाली जनताले भोगेको समस्यालाई पाठको रुपमा लिएर यो वर्ष समय छंदै सरकारले सर्तकता अपनाउन जरुरी भइसकेको छ । नेपाल र भारतमा कामका लागि आउजाउमा अहिलेसम्म कुनै कठिनाई सिर्जना गरिएको छैन । जसका कारण संक्रमितहरु सजिलै नेपाल प्रवेश गर्न सक्छने अवस्था छ । यता नेपालबाट पनि सजिलै उता जान सक्छने अवस्था छ । उता भारतमा आफन्त र नातागोता भएकाहरु कारण ओहोरदोहोर गर्ने बहानाका कारण पनि अहिले नै रोकावट गर्नसक्ने अवस्था पनि छैन । यही कारण छिटो रोग सर्ने संभावना र जोखिम उच्च रहेको छ ।
यता नेपालमा कोरोना बिरुद्धको खोप लगाएका मानिसहरुलाई पनि संक्रमण देखिएको समाचारहरु बाहिर आएका छन । यदि यो सत्य हो भने खोप लगाएका र लगाउन बाँकीहरु रहेकाहरुले उच्च सर्तकता अपनाउन जरुरी भएको छ । यसका लागि सरकारले सयममा नै आफना नागरिकहरुलाई सचेतना र जनचेतनामुलुक कार्यक्रम संचालन गर्न आवश्यक छ ।
यति बेलाको वातारवरण र मौसम पनि रुघा खोकी र ज्वरो बढने नै हो । अझ शुक्रवार देखि मौसममा आएको परिवर्तनले महामारीलाई बल पुरर्याउने भएको छ । तुवाँलोले आँखा पोल्नेदेखि टाउको दुख्नेसम्मका समस्या देखा पर्न थालेका छन । सकेसम्म रोक्न र संक्रमण बढन नदिनका लागि पनि समयमै सरकारी संयन्त्रहरुलाई परिचालन गरी सर्तकता अपनाउन आवश्यक छ । स्थानिय सरकारले नागरिकस्तरमा कोरोना महामारीका बारेमा पुनः जनचेतना जगाउन ढिला गरेका छन । स्थानिय सरकारहरुले समाचारमाध्यमको प्रयोग गरेर बेलैमा आफना नागरिकहरुलाई रोग नियन्त्रण र रोगथामको लागि जागरुक र जनतनामुलक कार्यक्रम संचालन गर्न यथाशिघ्र काम अगाडि बढाउन ढिला गर्नुहुदैन ।
चैतको पहिलो हप्ता देखि नै संक्रमण बढेको तथ्याङले देखाइरहेको छ । शूरु हप्तामा दुई अंकमा रहेको रोगीहरुको संख्या अहिले तीन अंकमा उकालो लागेको छ । यसैगरी संक्रमण बढेको भन्दै चेक जाँचका लागि जानेहरुको संख्या पनि अहिले दिनप्रतिदिन बढदो क्रममा रहेको छ ।