व्यापारीद्वारा २ अर्व १७ करोड राजश्व छली
काठमाडौं । २ अर्व १७ करोड विगो माग दावी गर्दै राजस्व अनुसन्धान विभागले उच्च उदालत पाटनमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व छली गर्ने ४ वटा फर्म विरुद्ध बिभागले उक्त रकम दावीसहित मुद्दा दायर गरेको हो ।
विभागले ओ.एन.एस इन्टरप्राइजेजका किशोरी यादवसहित ३ जना विरुद्ध ७६ करोड ६७ लाख बिगोसहित मुद्दा दायर गरेको छ । सो इन्टरप्राइजेजले मुल्य अभिबृद्धि करतर्फ २६ करोड ५७ लाख र आयकर तर्फ ५० करोड १० लाख राजस्व छली गरेको विभागको दावी छ ।
बिभागले कम्पनीका सञ्चालक किशोरी यादव, विशाल अग्रवाल र प्रोप्राइटर प्रमिलादेवी यादवको मिलेमतोमा झुठ्ठा तथा नक्कली विजकको कारोबार गरिएको जनाएको छ । किशोरी यादवकै नामबाट सञ्चालित रेणु टे«ड इन्टरप्राइजेज विरुद्ध ५० करोड ६० लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
कम्पनीले मुल्यअभिबृद्धी करतर्फ १७ करोड १३ लाख र आयकर तर्फ ३३ करोड ४७ लाख राजस्व छली गरेको बताइएको छ । यादवसहित कम्पनीमा विनय लिहला अग्रवाल, रेणुकुमारी यादव समेतको मिलेमतो रहेको विभागले जनाएकोे छ ।
रुपम टे«ड कन्सर्नविरुद्ध ४९ करोड १८ लाख विगो दावी गर्दै मुद्दा दायर गरेको छ । कम्पनीले मूअकरतर्फ १८ करोड २४ लाख, आयकर तर्फ २६ करोड ९६ लाख र लाभांश कर तर्फ ३ करोड ९७ लाख रुपैयाँ छली भएको विभागले बताएको छ । कम्पनीको सञ्चालक किशोरी यादवसहित फर्मको कारोबारमा संलग्न अग्रवाल र फर्मका साझेदार सिंह समेतको मिलोमतोमा राजस्व छली भएको विभागको ठहर छ ।