रजश्वलाका बेला रगतको आँसु
भारतमा एकजना महिलाको रजश्वलाका बेला यौनांगबाट रक्तश्राव र आँखाबाट रगतको आँसु झर्ने गरेको बताइएको छ । चण्डीगढकी २५ वर्षीया ती महिलालाई रजश्वलाका बेला आँखाबाट रगत निस्कने दुर्लभ समस्या रहेको बताइएको छ । ती महिलाको स्वास्थ्य समस्याका विषयमा ब्रिटिस मेडिकल जर्नलमा सामग्री प्रकाशित भएको छ । जस अनुसार ती महिलाले ५ वर्षअघि आँखाबाट रगत निस्किएपछि डाक्टरसँग सम्पर्क गरेकी थिइन् । आँखाबाट रगत बग्ने समयमा उनलाई अरु कुनै दुखाई वा समस्या नभएको बताइएको छ । आँखाबाट रगत आउने त्यस्तो समस्या दुई पटक देखिएको र डाक्टरहरुले कैयन् परीक्षणका बाबजुत पनि उनको समस्याको जरो पत्ता लगाउन सकेका थिएनन् ।
उक्त समस्याका विषयमा गहन शोध नै गरिएपछि ती महिलामा रजश्वलाका बेलामा मात्र आँखाबाट रगत आउँने गरेको पत्ता लागेको थियो । अनुसन्धानबाट ती महिलामा अकुलर विकेरियस मेन्स्ट्रुएसन भन्ने दुर्लभ स्वास्थ्य समस्याका कारण त्यस्तो भएको पत्ता लागेको बताइएको छ ।
हेमोलेक्रिया वा ब्लडी टियर्स भनिने स्वास्थ्य समस्याका कारण महिनावारीको बेला गर्भासयका अलावा ओठ, आँखा, फोक्सो, पेट तथा नाक लगायतका अन्य अंगबाट पनि रगत निस्किने बताइएको छ ।
–एजेन्सीको हयोगमा