बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांगेंसले होली खेल्ने क्रममा बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
आइतबार होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौ वेपत्ता भएका थिए । मृत्यु हुनेहरुमा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका छन् । कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत रहेको बताइएको छ ।
कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी घटनालाई योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका छन् ।