थारुका माग सम्बोधन गर्न वार्ता टोली गठन

काठमाडौं । थारु कल्याणकारी सभा थारुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिको मागका सम्वोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भटट्राई र पूर्वसांसद भवगती चौधरी सदस्य रहेका छन् । थारु संस्थाहरुले सांसद रेशम चौधरी, कैलाली घटनामा पक्राउ परेकाहरुको रिहा लगायत १९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । थारुहरुले माइतीघरमा गरेको धर्नालाई केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले सम्वोधन गर्दै माग पूरा गर्न पहल गर्ने बताएका थिए ।