हुलाकी राजमार्गको ३०५ किमि सडक निर्माण भारतद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं । भारतीय सहयोगमा निर्माण भइरहेको कुल १८ सय ५७ किमि हुलाकी राजमार्गमध्ये ३०५ किमि सडकखण्ड निर्माणसम्पन्न गरेर भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिकमन्त्री वसन्त कुमार नेम्वाङलाई निर्माण भइसकेको हुलाकी राजमार्गअन्तर्गत विभिन्न सडकखण्ड हस्तान्तरण गरेका हुन् ।
भारतको ८ अर्ब रुपैयाँ सहयोगमा उक्त खण्ड निर्माण भएको हो । राजमार्गअन्तर्गत बारा, पर्सा, धनुषा, महोत्तरी, सप्तरी, दाङ, मोरङसहितका जिल्लामा निर्माण भएको सडक नेपाललाई हस्तान्तरण गरिएको छ बाँकी पनि चाँडै सम्पन्न गरेर हस्तान्तरण गर्ने राजदूत क्यात्राले प्रतिवद्धता जनाएका छन् ।
भौतिकमन्त्री नेम्वाङले पनि सडक निर्माण भई नेपाललाई हस्तान्तरण गरेकोमा आभार व्यक्त गरेका छन् ।