यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ
बुटवल: यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाह पक्राउ परेका हुन् । पक्राउ परेका शाह बुटवलको सवारी जाँचपास तथा प्राबिधिक शाखाका मेकानिकल इन्जिनियर समेत हुन् ।
शाहले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिदै गर्दो शाहलाई रंगेहात पक्राउ गरेर अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ ।