सत्ता समीकरणबारे तीन दलबीच शुक्रबार छलफल हुने
काठमाडौं । केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेका बेला सत्ता समीकरणको बारेमा छलफल गर्न नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार छलफल हुने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपालाई बोलाएका छन् ।
कांग्रेस निकट स्रोतका अनुसार देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा छलफलका लागि माओवादी केन्द्र र जसपालाई बोलाएका हुन । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको बताइएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् ।