हराएकी छोरी २० वर्षपछि वुहारी

चीनको पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको परिवार तीनछक्क परेका थिए ।
मार्च ३१ मा विवाह समारोह जारी रहँदा बेहुलाका आमाले बेहुलीको हातमा जन्मजात चिनो देखेर आफ्नै छोरी भएको अनुमान गरिन् । आफ्नो छोरी जस्तै लागेपछि बेहुलीको परिवारलाई वेहुलाकी आमाले वेहुलीलाई धर्मपुत्रीको रुपमा पालिएको हो भनेर सोधेपछि वेहुलीका परिवार हो भने । जब बेहुलीको परिवारबाट हो भन्ने जवाफ आयो बेहुलाका आमा भक्कानो छाडेर रुन थालिन् । त्यसपछि भनिन्, ‘उनी मेरो छोरी हो, मैले २० वर्षदेखि उनलाई खोजिरहेको थिए ।’
त्यसपछि बुहारी बन्न लागेकी छोरी पनि रोएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । आफ्नै छोरीलाई बुहारीको रुपम भित्र्याउन मिल्दैन । तर संयोग बेहुलाको परिवारले बेहुलालाई पनि धर्मपुत्रको रुपमा पालेका थिए । जैविक रुपमा एकै परिवारको नभएकाले उनीहरुले विवाह गरिदिइएको बताइएको छ । चिनियाँ सामाजिक संजालमा अब बेहुला पट्टिका परिवारले बुहारीलाई छोरी भनेपनि हुने र बेहुलालाई छोरा अथवा ज्वाई भनेर बोलाउँदा पनि फरक नपर्ने बताइरहेका छन् ।
एजेन्सीको सहयोगमा