महासंघमा प्रेस युनियन नेतृत्वको गठवन्धनको पल्लाभारी, कसले कति मत ल्याए ? (सूचि सहित)
काठमाडौं । चैत्र २५ गते भएको नेपाल पत्रकार महासंघको सम्पुर्ण मत परिणाम बाहिर आएको छ । मत परिणामअनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र माधव नेपाल पक्षीय प्रेस चौतारीको गठबन्धन बिजयी भएको छ । महासंघको केन्द्रिय अध्यक्षमा बिपुल पोखरेल प्यानलसहित बिजय हासिल गरेका छन् ।
पोखरलेको प्रतिद्वन्द्वीको रुपमा चुनाव लडेकी प्रेस चौतारी नेपालकी उम्मेदवार निर्मला शर्माको प्यानल नै पराजित भएको छ । उनको टिमको पराजयलाई सरकारको समेत हारका रुपमा लिइएको छ । महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो ।
महासंघको नयाँ नेतृत्व चयनका लागि गत बुधबार देशभर मतदान भएको थियो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्यले मतदान प्रक्रियामा सहभागी थिए ।
केन्द्रीय समितिको ४९ पदका लागि १ सय ५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका थिए भने यस्तै गजेन्द्र सिंह बुढाथोकी स्वतन्त्र रुपमा अध्यक्षको प्रत्यासी बनेका थिए ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा ९, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।
गठबन्धन उम्मेदवारहरुले प्रतिद्धन्द्धी उम्मेदवारको तुलानामा दोव्वर मत प्राप्त गर्दै बिजय हासिल गरेका छन । गठबन्धनको तर्फबाट अध्यक्षमा बिपुल पोखरेल, बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, महिला उपाध्क्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी बिजयी भएका छन । यसैगरी खुल्ला सचिवमा गोबिन्द चौलागाँईले बाजी मारेका छन ।
कसले कति मत ल्याए ?