होटल व्यवसायी मञ्च गुल्मीले २०७८ सालको भित्तेपात्रो विमोचन


होटल व्यवसायी मञ्च गुल्मीले नव वर्ष २०७८ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ। होटल व्यवसायी मञ्चको कार्यालय रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोड तम्घास गुल्मीमा मञ्चका अध्यक्ष भेषराज कंडेलले २०७८ सालको भित्तेपात्रो विमोचन गर्नुभएको हो।
भित्तेपात्रो विमोचन गर्दै अध्यक्ष कंडेलले नव वर्ष २०७८ सालको पावन अवसरमा जिल्लाभर छरिएर रहनुभएका सम्पूर्ण होटल व्यवसायीमा शुभकामना समेत व्यक्त गर्नुभएको छ। २०७७ साल कोभिड–१९ संक्रमण जोखिमकताबीच होटल व्यवसायमा ठुलो प्रभाव परेको र कतिपय होटल व्यवसायीहरु यस व्यवसायबाट पलायन समेत भएको स्मरण गराउनुभयो।
अहिले पनि छिमेकी मूलुक भारतमा कोभिड–१९ को दोश्रो लहर देखिएको अवस्थामा खुल्ला सिमा नाका भएका कारण नेपाल उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरी होटल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्नुभयो। साथै विमोचन गरिएसँगै जिल्लामा रहेका अन्य होटल व्यवसायीहरुलाई क्यालेण्डर वितरण समेत शुभारम्भ गरिएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो।
विमोचन कार्यक्रममा होटल व्यवसायी मञ्चका उपाध्यक्षहरु विष्णुप्रसाद ज्ञवाली, जंग बहादुर कुँवर, सह–सचिव मधु महर्जन, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरु मैया कार्की, कृष्णप्रसाद श्रेष्ठ, धनकला गौतम, हुमाकान्त खराल, टेमलाल खरेल, लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव लालमणी आचार्यले गर्नुभएको थियो। होटल व्यवसायी मञ्च गुल्मी एक हजार ४० सदस्य रहेका छन्।