अर्घाखाँची मैत्री समाज गुल्मीको
अध्यक्षमा शर्मा निर्वाचित
अर्घाखाँची मैत्री समाज गुल्मीको अध्यक्षमा गुणानिधी शर्मा निर्वाचित हुनुभएको छ। शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न चौथो अधिवेशनबाट शर्मा सहित १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएको हो। जसको उपाध्यक्षमा श्यामकुमार पाण्डे, सचिवमा कृष्ण प्रसाद बेल्वासे, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सह–सचिवमा रामलाल पौडेल निर्वाचित हुनुभएको छ।
सदस्यहरुमा चिरञ्जीवी शर्मा, गोपालप्रसाद भुसाल, पुष्पा गैरे, मोतिलाल मरासिनी, जुवानन्द बेल्वासे, शोभारखर पाण्डे, मोहम्मद शाकिर मिया, लालमणी आचार्य, थानेश्वर मरासिनी, कृष्णप्रसाद खनाल निर्वाचित हुनुभएको छ।
तेह्रौं साधारण सभा तथा चौथो अधिवशेनको अवसरमा अर्घाखाँची मैत्री समाज गुल्मीले वार्षिक क्यालेण्डर २०७८ विमोचन समेत गरेको छ। प्रमुख अतिथि छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले वार्षिक क्यालेण्डर विमोचन गर्नुभएको हो।
‘जन्मभूमिको दायित्वबोध, कर्मभूमिप्रति नवीन सोच’ भन्ने मान्यताका साथ २०६३ पुस १८ गते स्थापना भएको यस संस्थामा अर्घाखाँची जिल्लाबाट गुल्मीमा आई विभिन्न पेशा व्यवसाय अंगाली बसोबास गर्दै आउनुभएका व्यक्तित्वहरु यसमा आवद्ध हुनुहुन्छ।
साथै यस समाजको आर्थिक प्रतिवेदन, भावि योजनाहरु पारित गर्दै तेह्रौं साधारण सभा सम्पन्न भएको छ। त्यस अवसरमा समाजले संस्थापक अध्यक्ष प्रेमराज आचार्य, पत्रकार सुरज न्यौपाने, जेष्ठ नागरिकहरु कुलानन्द पाण्डे, विष्णुकुमारी श्रेष्ठलाई सम्मान समेत गरेको छ।
साधारण सभा तथा अधिवेशनको ओैपचारिक कार्यक्रममा गुणानिधी शर्माको अध्यक्षता तथा छत्रदेव गाउँपालिका अध्यक्ष पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो। भने जिल्ला समन्वय समिति सदस्य शम्सेरदिन मिया, रेसुङ्गा नगरपालिका–१ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, छत्रदेव गाउँपालिकाका वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आर्चाय, निर्वाचन अधिकृत श्यामलाल पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरी पौडेल, चेम्बर अफ कमर्श गुल्मीका उपाध्यक्ष रेमलाल पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
श्यामलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोषाध्यक्ष उमानन्द सुवेदीले यस संस्थाको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन रामलाल पाण्डेले गर्नुभएको थियो।