माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको सो पार्टीको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सो पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । वुधबार औपचारिक पत्र पठाएर समर्थन फिर्ता गरिने उनले बताएका छन् । यसका साथै माओवादीले अझै पनि वैकल्पिक सरकारको सम्भावना कायमै रहेको निष्कर्ष पनि निकालेको छ ।
त्यस्तै माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक रहेको निष्कर्ष पनि निकालेको छ ।