उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्विने !

काठमाडौं । उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन् ।
तीनवटै जिल्लाले आइतबार र सोमबार आन्तरिक रुपमा स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । छलफलमा सबै जिल्लामा निषेधाज्ञा लम्ब्याउने सहमती जुटेको बताइएको छ ।
मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने बताइएको छ ।
अस्पताल जाने आउने बाहेकलाई हिँडडुल गर्न नदिने, अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने बारेमा छलफल भएको बताइएको छ ।
सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा २९ गते सकिने छ।