भारतको केरलामा आएको बाढीबाट ३९ को मृत्यु

केरलाः भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

यस बाढी पहिरोको कारण करिब भारु ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री बताएका छन् ।

उनले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको समेत बताए।

गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भारु १०० करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।

वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ ।

बाढीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।