कांग्रेस, माओवादी र जसपाका नेताबीच प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको भावी सम्भावित कदमबारे छलफल भएको छ ।
प्रधानमन्त्री ओलीलाई अपदस्थ गरेर वैकल्पिक सरकार गठन गर्न जोडतोडले लागेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादव असफल भएपछि आज अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका हुन । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेका कारण असफलता भोग्नु परेको नेताहरुको गुनासो छ ।
तीन दलका नेताहरुबीच आज विशेष गरेर अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल केन्द्रीत भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको चाहना मध्यावधि निर्वाचन भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई तटस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्ने विपक्षी नेताहरुको आशंका छ ।