मुलुुकको राजनीतिक प्रणालीलाई बदनाम र बिकृत बनाउँदै राजनीतिक दलहरु
काठमाडौं । गत साता राजनीतिक दलहरुको आन्तरिक सत्ता समिकरण र सरकार गठन प्रक्रियामा देखिएको फोहोरी खेलले नेपालको राजनीतिक प्रणाली नै बदनाम र बिकृत हुन पुगेको छ । आफनै दलको ह्वीप नमान्नेदेखि एउटै पार्टीका जन निर्वाचित सांसदहरु बिवादित भएर अलग अलग गतिबिधिमा संलग्न भएको दृष्यले नेपालका राजनीतिक दलहरुले राजनीतिक प्रणालीको नै खिल्ली उँडाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमवार संसदको बिशेष अधिवेशन बोलाएर आफनो सरकारलाई बिश्वासको मत मागेका थिए । उनको यो मागलाई सत्तारुढ दल नेकपा एमालेबाट निर्वाचित २८ जना सांसदहरुले अस्विकार मात्र गरेनन कि उनको मागलाई ठाडै धोती लगाइदिए । त्यतिमात्र होइन, पार्टीको संसदीय दलले लगाएको ह्वीपलाईसमेत उनीहरुले टेरेनन र ठाडै उल्लघंन गरे । संसदीय दलको ह्वीव अस्विकार गर्नेहरुलाई पार्टीले कुनै कारवाही गर्न सकेन । कारवाही गर्नुको सट्टा उल्टै उनै नेतार सांसदहरुलाई पुरस्कृत पो गरेको छ ।
माधव नेपालसहित सो समुहमा रहेका नेताहरु भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि पार्टीले गरेको निलम्वन फुकुवा भएको छ । यो सँगै हिजोको दिनमा सो समुहले गरेको राष्ट्रिय कार्यकता भेलादेखि समानान्तर कमिटी गठन गर्ने कार्यले पनि क्षमादान पाएको छ । त्यति मात्र कहाँ होर कर्णाली प्रदेशमा नेकपा एमालेका चारजना प्रदेश संसादहरुले फ्लोरक्रस गरेर माओवादी नेतृत्वमा बनेको सरकारलाई जोगाएको छ । यस्ता निन्दनिय सवै कार्यहरु नेताहरु बिचको सहमतिका कारण तै चुँप मै चुप हुने देखिएको छ । ठुला नेताहरु मिलेपछि पार्टी हित बिपरितका तमाम कार्यहरु यसै सेलाएर जादा रहेछन । योत भयो सत्तारुढ दल एमाले भित्रको रामकहानी ।
उता तराई केन्द्रित जनता समाजबादी पार्टी नेपाल पनि सत्तामा जाने होडवाजीका कारण बिभाजनको संघारमा पुगेको छ । नयाँ सरकार गठन कि ओली सरकारको निरन्तरता भन्ने सवालका कारण पार्टीभित्र तिब्र मतभेद बढेपछि त्यस्तो परिस्थित आएको हो । सो पार्टीभित्रको उपेन्द्र यादव र महन्थ ठाकुरहरुका बिचमा कुरा मिल्न सकेन । कुरा मिल्न नसकेपछि यादव, बावुराम भट्टराईलगायत नेताहरुले गत सोमवार संसदमा भएको मतदानमा ओली सरकारको बिपक्षमा मतदान गरे । सोही पार्टीका ठाकुर र राजेन्द्र महतोहरु भने तटस्थ बसेर प्रधानमन्त्री ओलीलाई सहयोग गर्न पुगे । भलै संसदीय दलले ह्वीव भने लगाएको थिएन ।
नयाँ सरकार गठनमा जसपाका नेताहरुले दुईतिर खेलेको दोहोरो खेलका कारण व्यवस्था र राजनीतिक प्रणाली नै थप बदनाम हुन पुगेको छ । यसैगरी गण्डकी र लुम्विनी प्रदेशमा सरकार गठनमा सांसदहरुले खेलेको भुमिका पनि हेर्न र मनन गर्न लायक छन ।
यसका बावजुत पनि मुख्यमन्त्रीहरु फेरिन सकेनन र उनीहरुले आफनो सत्तालाई जसरी भएपनि निरन्तरता दिइरहेका छन । संघीय सरकार जोगाउनका प्रधानमन्त्री ओलीले खेलेको राजनीति चाल र बिपक्षी राजनीतिक दलहरुको मोर्चाबन्दी र नयाँ सरकार बनाउनका हात लागेको असफलताले नेपालको राजनीतिलाई बिकृत र बदनाम गरेको छ । यसका बावजुत केपी शर्मा ओली पुन प्रधानमन्त्री बन्न सफल भएका छन । कम्युनिष्ट पार्टीबाट तीनपटक मुलुकको कार्यकारी पदमा पुग्ने इतिहास पनि उनै ओलीले रच्न भ्याएका छन ।