गुल्मीमा कोरोना संक्रमित थप ६ जनाको मृत्यु

गुल्मी । गुल्मीमा कोरोना संक्रमित मृतकको संख्या दिनानुदिन वृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय गुल्मीका अनुसार कोरोना संक्रमित थप ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएका सत्यवती गाउँपालिका (४ का ७५ वर्षीय पुरूषको रिडी आइसोलेसनमा मृत्यु भएको हो ।

बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएका सत्यवती गाउँपालिका (६ का ४७ वर्षीय पुरूषको पनि पाल्पा मिसन हस्पिटलमा मृत्यु भएको छ।

जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएका चन्द्रकोट गाउँपालिका (४ शान्तिपुरका ६७ वर्षीय पुरूषको पाल्पा लैजाने क्रममा मृत्यु भएको छ।

जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका सोही वडाका ३६ वर्षीय पुरूषको मणिपाल हस्पिटल पोखरामा मृत्यु भएको छ।

बैशाख २२ गते संक्रमण पुष्टि भएका मालिका गाउँपालिका (४ का ७९ वर्षीय पुरूषको गुल्मी अस्पतालमा मृत्यु भएको छ।

बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रूरू क्षेत्र गाउँपालिका (२ का ७३ वर्षीय पुरूषको रेसुंगा हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका सि। आई। सि। टि। अफिसर सुजन ढकालले जानकारी दिनुभयो।

दोश्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

थप १४५ जना संक्रमित

पछिल्लो २४ घण्टामा यस जिल्लामा १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा १ सय जना पीसीआर पोजेटिभ र ४५ जना एन्टीजेन पोजेटिभ छन्। यससँगै कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४१ पुगेको छ। जसमा २७५ जनाले कोरोना जितेर निको भएका छन्।
अहिले संक्रिय संक्रमितको संख्या १ हजार १ सय ८ रहेको छ।

जसमा १ हजार ५५ जना होम आइसोलेसनमा, ४८ जना आइसोलेसनमा, ४ जना आइसीयुमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना संक्रमितलाई मध्यनजर गरि १७१ बेडको आइसोलेसन तयार गरि सञ्चालन गरिएको छ।

यस जिल्लामा अक्सिजन सिलिन्डर २२३, भरि अक्सिजन सिलिन्डर ९६ , खाली सिलिन्डर १२७ र २५ वटा अक्सिजन कन्सन्सट्रेटर छन् ।