माधवले धोका दिंदा ठाकुर बने ओलीका बलिया सारथि !

काठमाडौं । आफनै दलका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाराम्वार धोका दिएका छन । उनले सरकारलाई असहयोग मात्र गरेनन कि सत्तारुढ दल नेकपा एमाले पार्टीलाईसमेत बदनाम बनाए । आफनै पार्टीको बिधि बिधानलाई मिचेर अर्को दलको नेतालाई प्रधानमन्त्री
मान्न तयार भए । गएको बैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट सरकारले बिश्वासको मत लिन खोज्दा नेपाल समुह संसदमा उपस्थित नभएर आफनै दलको सरकारलाई असहयोग गर्यो । यसका बावाजुत पनि पार्टी अध्यक्षको भुमिकामासमेत रहेका प्रधानमन्त्री ओलीले उक्त समुहलाई कारवाही गर्नुको साटो पुरस्कृत गर्दै मेलमिलामकासाथ अगाडि बढन तयार भए ।
तर नेता नेपालले आफनो औकात पुन दोहो¥याएका छन । प्रधानमन्त्री ओलीले बैशाख ३१ गते संसदमा ठुलो दलको हैसियतमा पुन अल्पमतको सरकार गठन गरेर अगाडि बढन खोज्दा पनि नेपालबाट कुनै सहयोग पाएनन । नेपाल समुहबाट भविष्यमा पनि सरकारले सहयोग नपाउने देखेपछि प्रधानमन्त्री ओलीले अहिले संसद भंग गरेका छन । भविष्यमा पुन बिश्वासको मत नपाउने देखेकै कारण प्रधानमन्त्री ओलीले जेठ ७ मा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे ।
प्रधानमन्त्रीले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले २४ घण्टाको सयम दिएर संसदमा सदस्य भएको जुनसुकै सदस्यलाई बहुमत जुटाएर सरकार गठनका लागि आव्हान गरिन । तर अफनै दलका नेता नेपालले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवालाई सहयोग गर्न तयार भए तर ओलीलाई सघाएनन । ओलीलाई सरकारबाट बिस्थापित गराएर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएपछि नेता नेपालको असली कम्युनिष्ट रुप बाहिरिएको छ ।
बरु तराई केन्द्रित जनतासमाजबादी नेपाल पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले अन्तिम अवस्थासम्म प्रधानमन्त्री ओलीलाई सघाए । जसका कारण ओली सरकार टिक्यो । उनीहरुकै बलमा ओलीले संसद बिघटन गरेर मध्यावधी निर्वाचन गर्ने उदघोष गरेका छन ।
आफनै दलका नेताहरुले पटक–पटक धोका दिंदा पनि ठाकुर भने सरकारका साथै प्रधानमन्त्री ओलीका बलिया सारथि बनेर उभिएका छन । यसको उपहार र कदर स्वरुप प्रधानमन्त्री ओलीले संबिधान संसोधन गर्न कार्यदल गठन र जेलमा रहेका नेता तथा कार्यकर्ताहरुको रिहाइ प्रक्रियाको थालनी र नागरिकता सम्वन्धी समस्याको समाधानको माग पुरा गर्न प्रधानमन्त्री ओली तयार भइसकेका छन ।
मधेशप्रति अलि बढी नै इरिटेड रहेका प्रधानमन्त्री ओली एकाएक शुन्य डिग्रीमा झरेर मधेशप्रति नरम हुनमा कुन शुत्रले काम गरिरहेको छ त्यो भने समयक्रमले देखाउने नै छ । आफनो सत्ता जोगाउनका लागि आफनै घरमा आगो लगाएर भएपनि पराइलाई आफनो बनाउन उनको यो प्रबृतिलाई एमालेकै इमान्दार नेता तथा कार्यकर्ताले रुचाएका छैनन । उनको बाराम्वारको चुनावी चाहाना र बहुमतको रटानलाई आम सर्वसाधरणले के कति रुचाउँनेछन त्यो भने हेर्न बाँकी नै छ । यदी चुनाव भइहाल्यो भने जनताले त्यसको मल्याङकन गर्ने नै छन । त्यसपछि ओलीको बास्तविक असली अनुहार छलङग हुनेछ ।