भक्तपुरको दुइ ठाउँमा बम फेला, सेनाद्वारा निष्क्रिय

भक्तपुर सूर्यविनायक र लोकन्थलीमा आज बिहान फेला परेको प्रेसर ककुर बम नेपाली सेनाले भर्खरै निष्क्रिय पारेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको हो । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ ।