महेशको नाममा शितल निवासमा टिपेक्स

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका युवा नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै प्रिय र बिश्वासिला पात्र हुन महेश बस्नेत । प्रधामन्त्रीको अत्यन्तै नजिक र सहयोगिको भुमिकामा रहेर काम गर्दै आएका बस्नेतलाई प्रधामन्त्री ओलीले गृहमन्त्रालयको जिम्मेवारी दिने अन्तिम तयारी पनि गरिसकेका थिए । तर बस्नेतलाई मन्त्री बन्न नदिन एमालेका नेताहरुले नै भुमिका खेलेर राष्ट्रपति कार्यालयलाई उस्काएको आरोपले यतिखेर बालुवाटारमा हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री ओलीले गत बुधवार नै मन्त्रिमण्डलमा समावेश गर्न लागिएका मन्त्रीहरुको लिष्ट शितल निवासमा पठाएका थिए । तर अन्तिम अवस्थामा आएर राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्नेतको नाममा टिपेक्स लगाएर कास्कीका खगराज अधिकारीलाई गुहमन्त्री बनाउन दवाव दिएकोले बस्नेत मन्त्री बन्न सकेनन ।
गृह मन्त्रालयको बागडोर संहाल्नका लागि पुर्वमन्त्री गोकुल बास्कोटा, कर्णबहादुर थापा र बस्नेतको नाम चर्चामा थियो ।
तर अन्तिम अवस्थामा आएर राष्ट्रपति भण्डारीले अधिकारीलाई गृहमन्त्री बनाउनको लागि लविङ गरेपछि प्रधानमन्त्री ओलीले बस्नेतको नाम काटेर अधिकारीको नाम थप गरेको बालुवाटार निकट श्रोतले बताएको छ । मन्त्रिपरिषद बिस्तार हुनु अगावै बस्नेतले हल्लाखल्ला र प्रचारबाजीमा लागेको आरोप लगाइए पनि बास्ताविकता त्यस्तो होइन । यसैगरी मन्त्रीका आकाँक्षीहरुमा चितवनका कृष्णभक्त पोखरेल, धनकुटाका राजेन्द्र राई, खोटाङका बिशाल भट्टराई, संखुवासभाका राजेन्द्र गौतम, सुनसरीकी भगवती चौधरीलगायत रहेका थिए । तर प्रधानमन्त्री ओलीले आफना पार्टीका युवा नेताहरुलाई वाइपास गर्दै सत्ता टिकाउनका लागि जसपाका ११ जना नेताहरुलाई उपप्रधानसिहत मन्त्री बनाएका छन । जस्ले गर्दा पटक पटक चुनाव जितेका र मन्त्री बन्न योग्यता पुगेका एमालेका युवा नेताहरु पछाडि परेका छन । यसकारण पनि उनीहरुको गुनासो निकै बढेको छ ।
प्रधानमन्त्री ओलीलाई अफ्ठयारो अवस्थामा साथ दिदै र काँध थाप्दै आएका एमालेका युवा नेताहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बोली र व्यवहारबाट यस मानेमा पछिल्लो पटक भने रुष्ट बन्न पुगेका छन । प्रधानमन्त्री ओलीले आफना पार्टीका युवा नेताहरुको मन जित्ने भन्दा पनि मधेशवादी नेताहरुलाई नजिक ठानेर सत्ता टिकाउन लागिपरेपछि उनीहरुको मन कुँडिएको छ । साथै प्रधानमन्त्री ओलीले युवा नेताहरुलाई वाइपास गर्दै पराइ पार्टीका नेताहरुलाई बढी काखी च्यापेको आरोप पनि पार्टी भित्रैबाट लागेको छ । प्रधानमन्त्री ओलीले युवाहरुको मन जित्नको लागि बस्नेतलाई गृहमन्त्रीमा अगाडि सारेको भएपनि शिलत निवासले नपत्याएपछि युवाहरुको मन कुडिंएको छ । गृह मन्त्रालय युवाहरुको हातमा जान खोज्दा सवैतिरबाट सकारात्मक प्रतिक्रिया आएका पनि हसन । तर ती पानीका फोका भएर एकाएक हराउन पुगेका छन ।