अख्तियार जागेन, प्राधिकरणको हालत खराब
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जसको मुख्य उदेश्य नै मुलुकमा सुशासनको प्रत्याभुती गराउनु हो । ०४६ सालमा मुलुकमा प्रजातन्त्र स्थापनापश्चात् यो संस्थाको प्रमुख आयुक्तमा सूर्यनाथ उपाध्याय बन्न सफल हुनुभयो । त्यसबेला आयोगको उदेश्य अनुरुप उहाँले धेरै रचानात्मक काम गरेर देखाउन सफल हुनु भयो ।
अहिले पनि उहाँको नाम सुशासनमा बाराम्वार जोडिने गर्दछ । उनले संस्थागतरुपमा गरेका राम्रा कामको झ–झल्को अहिले पनि आम जनमानसमा आउँछ । उनी पछाडि धेरै प्रमुख आयुक्त, आयुक्तहरु आयोगमा आए र बिदा पनि भए । उनीहरुको काम बोर्डमा नाम लेखाउने सरकारी तलव, भत्ता र सेवा सुबिधा पडकाउने काम मात्र भयो । उनीहरुले खासै रचानात्मक काम गरेनन र आयोगमा कुनै परिवर्तन गर्न सकेनन । पछिल्लो समय त जो आयोगमा कर्मचारीको रुपमा आउँछन उनीहरु आफनै केश मिलाउन आउने गरेको आरोप लाग्ने गरेको छ । त्यसैगरी पदाधिकारीहरुसमेत बदनाम बनेका छन । आयोगका आयुक्त राजनारायण पाठक पछिल्लो यसका उदाहरण बनेका छन । लोकमान सिंह कार्कीको पालामा पनि आयोग निकै बदनाम भयो ।
यसअघि आयोगमा प्रमुख आयुक्त रहेका नवीन घिमिेर आफैं त बदनाम भएनन तर उनमा प्रधामन्त्री केपी शर्मा ओलीको छायाँ प्रत्यक्षरुपमा परेको आरोप लाग्यो । सानातिना घुस लिने र दिनेहरुलाई झम्टने तर ठुला घुसखोरीलाई आँखा चिम्लेर सघाएको आरोप उनीमाथि लाग्यो । उनी पनि प्रधामन्त्री ओलीकै सदिच्छामा आयोगको नेतृत्वमा पुगेपनि उनले कुनै परिवर्तन भने गर्न सकेनन ।
घिमिरे आयोगबाट बाहिरिएपछि पुर्व गृहसचिवसमेत भएर अवकाश प्राप्त प्रेमकुमार राईलाई आयोगको नेतृत्व गर्ने सौभाग्य मिलेका छ । उनी पनि प्रधामन्त्री ओलीकै रोजाइमा आयोग जान सफल भएका हुन । मुलुकमा अहिले राजनीतिक किचलोका कारण भ्रष्टचार बढदो छ । तर आयोगको नेतृत्व संहालेपछि राइले कोही कसैलाई पनि कारवाहीको डण्डा चलाएका छैनन । यसको मतलव आयोग जाग्न नसकेको रुपमा हेर्न थालिएको छ । राईसँग धेरै नयाँ किसिमको शुसाशन र नतिजाको अपेक्षा गर्दै आएका छन ।
कसैले पनि संस्थागतरुपमा सुधार, शुसासन र भ्रष्टाचार न्यूनीकरणमा उल्लखनीय भुमिका निभाउन सकेको आभास नेपाली जनताले गर्न पाएनन ।सामान्य एउटा कर्मचारीले विद्युत प्राधिकरणभित्र ४ वर्षे कार्यकालमा सबैको मन जित्न सफल मात्र भएनन कि अधिकांश नेपालीको मनमा छाप बस्ने गरी काम गरेर देखाउन सफल भए । उनी हुन प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत कुलमान सिं घिसिङ ।
उनले जनतामाझ राम्रो काम गरेर जनताको वाहवाही पाउँदासमेत दोश्रो कार्यकाल दोहोरिन पाएनन । उनलाई नै दोहोर्याएर प्राधिकरणको प्रमुख बनाउनेपर्ने आवाज सवत्र उठेपनि सरकारले यो कुरा सुन्न सकेन र चाहेन पनि । जसका कारण हटिसकको लोडसेडिङ फेरी शुरु हुन थालेको छ । बेला बेलामा यसरी लोडसेडिङ हुँदा अनलाइन कक्षा पढिरहेका बिद्यार्थीहरु बढी मर्कामा परेका छन ।