उद्दार, राहत अनि उचित बसोवास

सम्पादकीय

गत मंगलबार र बुधवार परेको भिषण वर्षात्काकारण सिन्धुपाल्चोकको मेलम्ची बजार र मनाङ जिल्लामा नराम्रो क्षती हुन पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्वु गाउँपालीकाका बासिन्दा नराम्ररी प्रभावित हुन पुगेका छन । वर्षात्पछि आएको बाढीले बगाएर दजर्नौ व्यक्ति बेपत्ता भएका छन । यसैगरी दर्जन भन्दा माथिले अकालमा ज्यान गुमाएका छन । वर्षातपछि आएको लेदो पानीसिहतका बाढीले सयौं घरबार डुवान परेका छन । मेलम्ची बजार बगरमा परिणत भएको छ । त्यहाँका हजारौ नागरिक क्षणभरमा नै यतिवेला घरवारबिहिन भएर अलपत्र अवस्थामा पुगेका छन । बाढीका कारण कयौं मानिस थातथलो छोडेर बिभिन्न ठाउँमा आश्रय लिएर बाँच्न बिवश छन । हराएकाहरुको खोजी कार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ । बर्षात् पछि लोदोसहित आएको बाढीले हेर्दाहर्दै स्थानीय बासिन्दाको आँखा अगाडि पक्की घरहरु ढलेका छन । ऋण गरेर बनाएका केही घर बाढीले पुरेको छ भने केही घर ढल्न पुगेका छन । बिपत्तिमाथि गत शुक्तवारको बर्षात्ले नव निर्मित स्थानीय प्रहरी चौकी ढलाएर अर्को बिपत्ति थपिदिएको छ ।
बाढीका कारण आफन्त गुमाएका र हराएकाहरु यतिवेला शोकमा डुवेका छन । घरवारबिहिन भएको पीडा त स्थानियहरुलाई छदैंछ बाँचेकाहरु पनि गाँस, बास र कपास नपाएर यतिकै छटपटिन बाध्य छन । आफनै अगाडि तीनदेखि चारतलाको भवन बाढीले ढालेको दृष्य यतिवेला उनीहरुको आँखा अगाडि नाँचिरहेको छ । शरीरमा लगाएको लुगाबाहेका उनीहरुको आफनो भन्ने अव केही छैन । क्षणभरमा नै जीवनभर कमाएको उनीहरुको सम्पत्ती स्वाहा भएर गुमेको छ । पीडितहरु यतिवेला उद्दार र राहतको पर्खाइमा बसेका छन । पीडित परिवारलाई राहत उपलव्ध गराउने काम संघ, प्रदेश र स्थानिय सरकारले निरन्तर रुपमा गरिरहेको छ । यसका आलवा बिपक्षी राजनीतिक दल, तिनका भातृ संगठन, सामाजिक संघ, संगठनहरुले पनि राहत बितरण गरेर पीडितहरुलाई सहयोग गरिरहेका छन । यसैगरी काठमाडौं महानगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई बाढी पहिरोका कारण पीडित बन्न पुगेकाहरुलाई दुई करोड नगद सहयोग गर्ने निर्णय गरेको छ । यसले पीडित परिवारहरुको पीडामा थोरे भएपनि राहत र मलहम लगायन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
मनसुन शूरुहुनासाथ भएको यी घटनाले आमनागरिकको मनमा त्रासदी उत्पन्न गराइदिएको छ । मुख्य बर्षा हुने आगामी श्रावन, भदौ महिना सिङगै बाँकी नै छ । यसरी नै बर्षात् भयो भने हाम्रा आगामी दिन अझै डरलाग्दा र पीडादायी हुने देखिन्छ । बिकासको नाममा जथाभावी, हचुवाको भरमा र बिना योजना जथाभावी खनिएका सडक नै यतिवेला बाढी र पहिरोको मुख्य कारक र जोखिम बनेका हुन भन्दा फरक नर्फला । जथाभावी मेशिनको प्रयोग गर्दा तिनको कारण हल्लिएको जमिन बर्षात्पछि बग्ने र पहिरो जाँदा यस्तो दुर्गर्ती हुन पुगेको बिज्ञहरुको भनाई छ । हिमाली र पहाडी जिल्लामा भएको यो भु–क्षयका कारण तराईका जिल्लाहरु पनि आतंकित बन्न पुगेका छन । पहाडबाट बगेको खोला समथर भाग तराईमा पुगेपछि नदीमा परिणत हुन्छन । यसकारण पहाडमा हुने भु–क्षय र बिनास रोक्न सकिएन भने त्यसको खास असर तराईका जिल्लाहरुमा पर्नसक्छ । यसैले बिना योजना, हचुवाको भरमा जथाभावी सडक खन्ने, खोला हिडने बगरमा घर बनाउने काम सिघ्रातीशिघ्र रोकिनु पर्छ । होइन भने यस्ता बिपत्ति नेपाल र नेपालीले हरेक बर्ष बेहोर्नुपर्दछ । यसका लागि सम्वन्धित निकायको ध्यान बेलैमा जान जरुरी छ ।