संस्थानको सेवा माग गर्ने नगरपालिकाहरुको संख्या बढिरहेकोे छ
– भुपेन्द्र प्रसाद, महाप्रवन्धक, नेपाल खानेपानी संस्थान
पेशाले उनी सिभिल इन्जिनियर हुन । २०१८ सालमा सप्तरीमा उनको जन्म भएको हो । पढाईमा अत्यन्तै तेज भएकै कारण पढनको लागि परिवारले उनलाई खासै ठुलो रकम लगानी गर्नु नपरेको उनी स–गर्वकासाथ बताउँछन । आफनै गाउँ मोहनपुर कठौनाबाट उनले हाइस्कुलसम्मको अध्ययन पुरा गरे । त्यसपछि उच्च शिक्षा पढनको लागि उनी छिमेकी मुलुक भारतको मधुवनी जिल्लाको दरभङगा पुगे । आइए पास भएस“गै उनले भारतकै रुडकी भन्ने स्थानबाट व्याचरलरसम्मको अध्ययन पुरा गरे । मास्टरर्स डिग्री भने उनले नेदरल्याण्डबाट गरेका हुन । त्यसपश्चात पिएचडी फेरी छिमेकीमुलुक भारतको पटना बिश्वबिद्यालबाट पुरा गरेको उनले बताए । हाइस्कुल देखि पिएचडीसम्मको सम्पुर्ण शिक्षा उनले स्कलरसिपमा नै पढेकोे दाबी उनको रहेको छ । यस्को सम्पुर्ण जस र सफलता उनले बुवा, आमा र आफनो परिवालाई दिएका छन । मिहिनेतका साथै साथै कर्ममा उनी उतिक्कै बिश्वास राख्छन । यही कारण आफुलाई शिक्षा र नोकरीमा सधैं सफलता हात लागेको उनको बुझाई छ । मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएसँगै ०४६ सालमा उनी नेपाल खानेपानी संस्थानको नोकरीमा प्रवेश गरेका हुन । आज यही संस्थानको सवै भन्दा माथिल्लो पद महाप्रवन्धक बनेर संस्थान हाँक्ने सफलता उनैलाई मिलिरहेको छ । संस्थानमा जोडिएपछि आजका दिनसम्म उलले बटुलेको अनुभव, दिएको योगदान, सफलता र आगामी रणनीतिका बारेमा केन्द्रित रहेर महाप्रवन्धक भुपेन्द्र प्रसादसँग रेसुङा टुडे साप्ताहिकका लागि रामहरी चौंलागाईंले गरेको कुराकानी ।
यस संस्थानमा तपाईंको प्रवेशस“गै संघर्षका कथा र सफलताको बारेमा केही कुराको जानकारी गराइदिनुहोस न ?
कुनै पनि कुराको सफलताको पछाडि मेहनत, इमान्दार र नैतिकता पनि संगसंगै जोडिएर आउँछ । जुन काम, सरकार र कार्यरत कार्यालयले दिएको जिम्मा छ, त्यसलाई आफनै संझेर इमान्दारीपुर्वक पुरा गर्नुपर्दछ । यसमा व्यक्तिगत रुपमा कुनै लोभलालच र स्वार्थ राख्नुहुदैन । त्यो कामबाट जनतालाई कति मुनाफा हुन्छ त्यसको पनि मुल्याङकन संगसँग गर्नुपर्छ । सरकारको पैसा मात्र खर्च बढी हुने र उपलव्धी कम हुने काममा लगानी र खर्च गर्नुहुदैंन । यो कुरामा एकदमै बिचार गरेर मात्र काम अगाडि बढनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । पव्लिकको रिक्वारमेन्ट र सरकारको पैसाले के कस्तो काम र उपल्व्धी गर्नसकिन्छ त्यसबोरमा राम्ररी अध्ययन अनुसन्धान गरिनुपर्छ । सरकारले बनाएको नियम, कानुनमा हामी हिडयौ र बसेपछि खासै समस्या आउँदैन । आफनै बलजफ्ती र जोडबलमा काम गरर्यो भने समस्या ल्याउँछ । यी बिषलाई फ्लो गर्न सक्यो भने अन्तमा फल पनि राम्रै मिल्छ जस्तो मलाई लाग्दछ । व्यक्तिगत लोभलालच र फाइदाका लागि काम गरर्यो भने त्यसले आम मानिसलाई कंहि न कहिं समस्यामा पार्छ नै ।
यसको मतलव तपाईंको अहिलेको सफलता पछाडिका मुल मन्त्र भनेको इमान्दार र कर्तव्यनिष्टता नै प्रमुख कारण हुन ?
मानिस ढिलो चाँडो यी बाटोमा नहिंडिकन सुख नै छैन । हिंडेन भने त उसलाई अन्तमा मिल्ने भनेको असफलता र निराशा नै हो ।
तपाई यस संस्थानमा जोडिएपछि तपाईंमार्फत भए गरेका मुख्य कामहरुका बारेमा छोटकरीमा जानकारी गराइदिनुहोस न ?
म यस संस्थानमा २०४६ सालमा प्रवेश गरेको हुँ । सेवा प्रवेशसँगै मलाई धरान शाखाको कार्यालय प्रमुखको जिम्मेवारी दिइयो । त्यो शाखामा जतिपनि कार्यालय प्रमुख भएर जान्थे कि त कुटाई खाएर फकिन्थे कि त केही न केही आरोप बोकेर फर्किन्थे । धारा संख्या करिव १२–१३ सय थियो । तीनमा व्यवस्थित रुपमा पानी बितरणको लागि हप्तामा तीनदिन त्यहाँ कार्यरत साथीहरुलाई खटाँउथे बाँकी चार दिन म रातदिन नभनिकन म आर्फै खटथे । पम्प के कसरी चलिरहेको छ र जम्मा भएको पानीले भोली उपभोक्तालाई दिन पुग्छ कि पुग्दैन भनेर निरिक्षण भइरहन्थ्यो । टेक्निकल पाटोलाई राम्रसँग अध्ययन गरेर धरानबासीलाई एक टाइम जसरी पनि आवश्यक पानी उपलव्ध गराउने काम निरन्तर रुपमा गरियो । त्यसपछि धारा संख्या पनि बढदै गयो, प्राबिधिक कुराहरु पनि थप्दै र बढाउँदै लगियो । बिद्युत प्राधिकरणसँग बिद्युतको आपुर्ती व्यवस्था मिलाउन आग्रह गदैं राती पनि त्यो कार्यालयसँग अनुरोध गर्थे । जसरी पनि एक समयमा धारामा पानी पठाउने काम निरन्तर गरर्यौ । म धरान शाखामा तीन वर्ष बसें । यो अवधीमा धेरै सुधारका काम गर्न सफल पनि भएं । यसैगरी म धरानमा रहेकै समयमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भयो । कलेजको लागि आवश्यक पानीको प्रवन्ध मिलाउनु पर्ने भयो । जव कि संस्थानका ग्राहकहरुलाई नै पानीको जोहो गर्न कठिन भइरहेको समयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहलाई सम्वोधन गर्नुपर्ने अवस्था आयो । कलेज स्थापना त हुने भयो तर आवश्यक पानीको व्यवस्था नभइकन दाताले सहयोग गर्ने अवस्था थिएन । त्यसको लागि छुट्टै व्यवस्था मिलाउनु पर्ने भयो । त्यो हुन नसकेको खण्डमा दातृनिकायहरुले लगानी अगाडि पनि आनाकानी गर्नसक्ने अवस्था थियो । यस्तो अवस्थामा प्रधानमन्त्रीको आग्रह, इज्जत र प्रतिष्ठाको लागि पनि हामीले बैकिल्पक व्यवस्था गर्नु नै थियो । त्यसवेला म भरखर बिदेशमा हासिल गरेको नयाँ ज्ञान, सिप लिएर नेपाल फर्किएको लक्काजवान युवा थिएं । प्रधानमन्त्री कोइराला अलि प्रौढ । मेरो जोश, जाँगर र सक्रियता देखेर औधी खुशी हुनुहुन्थयो । साथै दातृनिकायलाई मैले दिएको जवाफ र आश्वासनबाट मुसुमुसु हाँसेर मलाई हौसाला दिइरहनुहुन्थ्यो । मैले पनि पानीको लागि आवश्यक छुट्टै बैकिल्पक व्यवस्था मिलाउन सफल भएं । अहिले त्यहाँ नेपाल र नेपालीका छोरा छोरी मात्र होइन बिदेशबाट पनि डाक्टर पढनका लागि आउने गरेका छन । धेरै मानिसहरु डाक्टर बनेर मुलुकको सेवा पनि गरिरहेका छन । यसमा मलाई गर्व छ । मुलुकको इज्जत भनेको प्रधानमन्त्री र उहाँको सपनालाई साकार पार्न पनि मैले जसरी भएपनि पानीको व्यवस्था गर्नैपर्दथ्यो । सवै कुरा जोहो भएपनि पानीको व्यवस्था हुन नसकेको भए सायद त्यो संस्था बन्नसक्ने सक्दैन्थ्यो । अहिले यो कलेजबाट उत्पादन भएकाहरुले मुलुकलाई ठुलो योगदान दिइरहेका छन । मैले मेरो करियर त्यसरी शूरुवात गरेको हुँ । म जहाँ–जहाँ सरुवा हुँदै गएं मैले दुख गरेर पनि सफलता हात पादैं पारे । त्यतिबेला कामको मुल्याङन त्यति हुँदैन्थ्यो तर पनि म निरन्तर रुपमा अगाडि बढिरहें र सरकारले दिएको जिम्मेवारी पुरा गरिछाडे । इमान्दारीबाट कहिल्यै पनि दायाँवायाँ भइन र गरिन पनि ।
धरानपछि तपाईंले कुन–कुन शाखामा काम गर्नुभयो ?
बिरगंज, बुटवल, पोखरालगायत शाखाहरुमा काम गर्ने अवसर मिल्यो । पोखरामा रहँदा मैलै नै जाइकाको सहयोगमा सन २०१४ मा बृहत खानेपानी आयोजना मैले नै शूरुवात गरेको हुँ । फोहोर पानी व्यवस्थापन गर्न नसक्दा दाताहरु पछि हटन लागेका थिए । उनीहरुलाई फिल्ड भिजिट गरायौं र अनि उनीहरु कन्भिन्स भए । आज काठमाडौंपछिको त्यति ठुलो शहरमा ट्रिटमेन्टसहितको प्लान्ट बनिरहेको छ यसको लागत करिव पाँच अर्व रहेको छ । निर्माण सम्पन्नपश्चात पोखराबासीले अबके केही वर्षपछि स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन । जापान सरकारको ग्राण्ड सहयोगमा यसको निर्माण कार्य अहिले जारी छ ।
बुटवलमा खानेपानीका अवस्था कस्तो थियो अहिले के भइरहेको छ त ?
त्यहाँको अवस्था पनि भयावहय र दयनिय थियो । पानीको माग गर्दै दिनहुँ नारा जुलुश र तोडफोड हुन्थ्यो । त्यसको पुरै सामना गरियो । अहिले बुटवल उपमहानगरपालिकामा एक घर एक धाराको अवधारणा पुरा गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ । १३ किलोमिटर टाढाबाट डयाम बाँधेर पानी ल्याउने कामको थालनी अन्तिम अवस्थामा पुग्न लागको छ । माननीय उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको सक्रियता र जोडबल बुटवल नगरबासीलाई स्वच्छ पानी खुवाउने तिब्र इच्छा रहेको छ । ड्याम बनिसकेको छ । आगामी दशैंसम्ममा नगरबासीलाई पानी खुवाउने योजना थियो । तर स्थानियबासी र रोड निर्माणमा भएको अवरोधका कारण सफलतामा पुग्न केही समस्या भने परेकै छ तर पनि हामी लागि परेका छौं । आगामी असोज कात्तिकसम्ममा पानी झर्छ । त्यसपछि ट्रिटमेन्ट प्लान र पानी बितरणको काम अगाडि बढछ । यसका लागि सरकारले आवश्य बजेटको व्यवस्था पनि गरिसकेको छ ।
संस्थानको आगामी रणनीतिहरु के कस्ता रहेका छन ?
हामीले बिभिन्न किसिमका योजना र रणनीतिहरु अगाडि बढाइरहेका छौं । संस्थानको सेवालाई धेरै नगरपालिकाहरुले मन पराएका मात्र छैनन कि ३० वटा भन्दा बढि नगरपालिकाहरुले खानेपानी मन्त्रालयसँग हाम्रो सेवाको मागसमेत गरेका छन । संस्थानलाई हाम्रो नगरपालिकामा ल्याइदिनु परर्यो भनेर लिखित रुपमा माग बढेको तर निर्णय भने भइनसकको अवस्था छ । अव बिस्तारै उनीहरुको माग संवोधनका लागि मन्त्रालयले हामीसँग अनुरोध पनि गरेको छ । सायद, अव हामी मन्त्रायसँग समन्वय गरेर छिट्टै सेवा बिस्तारको लागि अगाडि बढछौं होला । यतिवेला, जुन–जुन नगरपालिकामा हामीले सेवा दिएका छौं, त्यहाँ कुनै पनि गुनासो आएको छैन । हामीले नागरिकहरुलाई पिउन योग्य पानी उपलव्ध गराइरहेका छौं । ग्राहकहरुको कुनैपनि नाजायज गुनासो आजका दिनसम्म हामीले सुन्नु परेको छैन । हामी रातदिन नभनिकन ग्राहकको सेवामा लागिरहेका छौं । तर अलिकति महसुल शुल्क बढाउनुपर्ने अवस्था भने छ ।
संस्थानले दिएको सेवा प्रभावकारी रहेको दावी तपाईंले गरिरहँदा धारामा पानी नआउ“दासमेत ग्राहकबाट शुल्क लिएको गुनासो बढेपछि प्रधानमन्त्रीले त्यसो नगर्न संस्थानलाई निर्देशन दिएको होइन ?
हामीले हाम्रो बडापत्रमा हामीले ग्राहकलाई दिने सुबिधा र कामको बारेमा स्पष्ट रुपमा उल्लेख गरेका छौं । हामीले तोकेको समय सिमाभित्रमा काम गर्न सकेनौ भने हरेक घण्टाको जरिवाना तिछौं भनेका छौं । हामीले सेवा दिएका मेचीदेखि महाकालीका हरेक क्षेत्रको धारामा पानी आउँछ नै । सकेसम्म चौबिसै घण्टा पानी दिने कामको शुरुवात धनगढी, लाहान, पोखराको हेम्जाबाट यसको थालनी पनि गरिसकेका छौं । हाम्रो लक्ष्य दुई तिन घण्टा दैनिकरुपमा धारामा पानी उपलव्ध गराउने र हरेक नगरपालिकामा क्रमश यसरी नै २४ सै घण्टा पठाउने गरी कार्य योजना अगाडि बढाइरहेका छौं । यसमा क्रमश हामी लाग्दै जान्छौं । सकेसम्म नगरवासीहरुलाई सेवा उपलव्ध गराउँदै जाने र जहाँ घर बनेका छन, त्यहाँ धारा छैन भने हाम्रो सिस्टममा सहभागि गराउँदै जानेछौं । यसैगरी दलित, गरीव परिवारलाई नगरपालिकासँग समन्वय गरेर पानी खुवाउनको लागि हामीले लाहानबाट स्याम्पल योजना अगाडि बढाइसकेका छौं । यस अन्तर्गत करिव तीनसय त्यस्ता परिवारलाई पानी खुवाइसकेका पनि छौं । यो अभियानलाई हामी मुलुकभर नै पुरर्याउने लक्ष्कासाथ काम गरिरहेका छौं । यसलाई निरन्तरताका लागि हामी वाटर एड संस्थासँग समन्वय गरेर काम गरिरहेका छौं । सरकारको सम्पतिमा सवैको हक अधिकार बरावरी रहोस भन्ने र कसैले दुख मन गर्न नपरोस भन्ने हाम्रो चाहाना र योजना रहेको छ ।
लामो समयदेखि संस्थानको खर्च प्रणाली व्यवस्थित हुन नसकिरहेको आरोप लाग्दै आएको छ नि ?
वास्तविकता त्यस्तो होइन, हाम्रो अडिट सिस्टम पारदर्शी छ । सरकारसँग पैसा लिएपछि त्यसको हिसावकिताव तुरुस्त राख्नु हाम्रो नैतिक दायित्व पनि हो । अहिले हामी छ वर्ष अघिदेखिको संस्थानको अडिट गराइरहेका छौं । जुन यसअघि हुन सकिरहेको थिएन । हामी प्राय सामान किन्ने देखि निर्माण कार्यहरु खरिद प्रक्रिया अर्थात टेण्डरमार्फत नै गर्दै आएका छौं । यसकारण पनि हामी पारदर्शी छौं । सरकारले महशुल दरमा थोरै बृद्धि गर्न सहमति दिएको खण्डमा सरकारसँग लिएको संस्थानले लिएको ऋण हामी केही वर्ष भित्रमा नै तिर्ने अवस्थामा पुग्ने छौं ।