माधव नेपाल : यता न उता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको जारी भुमिकालाई लिएर आम कार्यकर्ता, नेतागण, समर्थक र शुभचिन्तकहरुले प्रश्न उठाएका छन । उनको समुहमा रहेका अधिकांश केन्द्रिय सदस्यहरु, नेता तथा कार्यकर्ताहरु उनको व्यवहारबाट वाक्क भएर हाल मुल प्रवाहमा फर्किएका छन भने केही फर्कने तयारी गरिरहेका छन । उनलाई बिपक्षी राजनीतिक दलहरुको उस्काहटमा नलागि मुल पार्टीमा र्फकन पनि उनीहरुले आग्रह गरिरहेका छन ।
तर नेता नेपाल मुल पार्टीमा फर्किनभन्दा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पद र पावर सेरिङ्गमा बार्गेनिक गदैं पर्ख र हेरको अवस्थामा छन । नेता नेपालको अहिलेसम्मको हर्कत हेर्दा लाग्छ आफनै पार्टी एमालेलाई कमजोर पार्ने, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई बलियो बनाउने उदेश्य बाहेक केही पनि देखिदैन । एमालेलाई कमजोर पारे वापत उनलाई हुने फाइदा र उपलव्धीका तथ्यगत कुरा अहिले र आजका दिनसम्म बाहिर आउन सकेको छैन । लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, बिधिको शासन जोगाउन र प्रधानमन्त्री ओलीको अंहकारी र निरकुंश शासन शैलीलाई कमजोर बनाउनका लागि आफु बिपक्षी राजनीतिक दलसँग जोडिएर सहकार्य गरेको उनको भनाई छ ।
तर उनका निकटवर्ती समर्थकहरु यो कुरा पत्याउन र मान्न तयार छैनन । नेता नेपाल कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउने भन्दा पनि भत्काउनतिर लागेको बताइरहेका छन । गएको पुस ५ मा प्रधानमन्त्री ओलीले चालेको कदमपछि नेता नेपाललाई साथ र सहयोग दिदै आएका सांसदहरु धेरैजसो मुल धारमा फर्किसकेका छन । चितवनका कृष्णभक्त पोखरेलले नेपालको साथ छोडिसकेका छन । यस्तै माधवसमुहतिर रहेका नेता लालबाबु पण्डित एमालेको अहिलेको बिवादमा तटस्थ बसेका छन । चुनाव हुने अवस्था आएमा उनी मुल प्रवाहमा फर्किने तयारीमा रहेको उनी निकट श्रोत बताउँछ ।
त्यसैगरी सिन्धुपाल्चोकका शेरबहादुर तामाङ्ग, सिन्धुलीका गणेश पहाडी मुल धारमा फर्किएवापत पुरस्कृत भएर पनि क्रमश २१ र १३ दिने मन्त्रीको पगरी गुथे पनि सर्वोच्च अदालतले उनीहरुको पद ढिसमिस बनाइदियो । युवा नेताहरु योगेश भट्टराई, गोर्कण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषालहरु पार्टीमा फर्किने उपयुक्त बाटोको खोजीमा छन । उनहरुसँगै दोश्रो पुस्ताका धेरै नेता तथा कार्यकर्ताहरु मुल धारमा फर्किनका लागि उपयुक्त अवसरकारे खोजी गदैछन ।
उता एमाले जोगाउनका लागि भन्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री एवंम नेता पृथ्वीसुव्वा गुरुङले पार्टीको हातबाट प्रधानमन्त्री पद फुत्कने अवस्था आउन दिन नहुने धारणा सार्वजनिक गरेका छन । यदि त्यो अवस्था आएको खण्डमा नेपाललाई प्रधानमन्त्री वा पार्टीको दोश्रो अध्यक्षको भुमिका दिएर भएपनि एकता जोगाउर्नु पर्ने बताएका छन ।