जातीय विभेद प्रकरण स् प्रधानमन्त्रीले गराए मन्त्री श्रेष्ठलाई सचेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद प्रकरणमा जोडिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । रुपा सुनारलाई जातीय विभेद गर्दै कोठाभाडामा नदिएको आरोपमा सरस्वती प्रधान थुनामा परेकी थिइन् । उनी छुटेपछि आफ्नो गाडीमा राखेर मन्त्री श्रेष्ठले प्रधानलाई घर छोडिदिएको भन्दै उनको विरोध हुँदै आाएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’