एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहरायो
काठमाडौँ । एभरेस्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराउन सफल भएको बैंकले जनाएको छ ।
बैंकले यही जेठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
आज बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन् ।
सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा ग्रिसमकालमा ‘एमटी के२’ को सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरिएको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।