प्रधानमन्त्री ओली र नेपाललाई कुन शक्तिले छुटायो, कुन शक्तिले मिलाउँदैछ !?

ओली–नेपालबीचको एकता वार्तामा जनैखटिराको चर्चा

काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेका नेताहरुलाई कुन शक्तिले मिल्न बाध्य पारर्यो भनेर बहस चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच चलेको आन्तरिक बिवादका कारण एमालेको संगठन ध्वस्त भयो । नेताहरु पनि मिल्नै नसकिने ठाउँमा पुगेर पनि फर्किन खोज्दै छन । तर सफलता भने हासिल भईसकेको छैन ।
मिल्नै नसक्ने गरी छुट्टिन लागेका नेताहरुलाई पार्टीका दोश्रो तहका नेताहरुको निरन्तर दवाव दिइरहेका छ । पार्टी एकता बुढा नेताहरुको चाहाना भन्दा पनि दोश्रो पुस्ताका नेताहरुको जोडवलमा हुन लागेको हो । आफनो भविष्य सुरिक्षत गर्न पार्टी अध्यक्ष ओली र नेपाललाई उनीहरुले लगातार रुपमा दवाव दिइरहेका छन । तर प्रधानमन्त्री ओली र नेता नेपाल आफनो अडानमा कायमै छन । जसले गर्दा दुवै समुहबाट कार्यदलमा रहेका नेताहरु हैरानीमा परेका छन ।
माधव समुहबाट ४ जना र ओली समुहबाट ५ जना दोश्रो पुस्ताका नेता कार्यदलमा बसेर छलफल गरेको महिनौ भइसकेको छ । उनीहरुले आज सहमति हुन्छ, भोली हुन्छ भनेको पनि लामो समय भयो निश्कर्षमा निस्कन सकिरहेको छैन । यसरी अलमल हुनुमा दुवै नेताको आ–आफनै अडानले त काम गरेकै छ, भोली सोमवार सर्वोच्च अदातलतबाट आउन भनिएको संभावित फैसलालाई पनि कारण मान्न सकिन्छ । प्रधानमन्त्री ओलीले दोश्रो पटक जेठ ८ गते प्रतिनिधिसभा बिघटन गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कदमका बिरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
सवै प्रक्रिया अलदलतले पुरा गरिसकेको छ । भोली सोमवार फैसला सुनाउने भएकोे छ । यही बिषयलाई मध्यनजर गर्दै दुवै नेताले आ–आफना अडानलाई बटमलाइन बनाउदै आएका छन । त्यति मात्र होइन, नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको अन्तिम मस्यौदा तयार पारेको समचार आएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपालहरुको दौडधुप र सक्रियता निकै बढेको छ ।
एमाले पार्टी कमिटीलाई जेठ २ मा फर्काउने, अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने लगायतका विषयमा कार्यदलमा छलफल हुँदै आएको छ । तर नेताहरुले सहमति नजिक पुगेको बताए पनि ठोस निष्कर्ष निस्किएको भने छैन । शुक्तबार प्रधानमन्त्री ओली बाढी पहिरोबाट क्षतबिक्षत बनेको सिन्धुपाल्चोकको मेलम्ची हवाइ निरिक्षणमन निस्किए । नेता नेपाल भने प्रचण्डसँग भेटघाट गरेर आफनो भावी रणनीति बनाइरहेका छन । जसका कारण कार्यदलमा रहेका माधव समुहका नेताहरु सिंहदरवार बैठकमा सहभागि नभएर नेता नेपाललाई भेटन कोटेश्वरतिर लागेका छन ।
कार्य दलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल, नेता प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल सहभागि हुदै आएका छन भने नेपाल समुहबाट भीम आचार्य, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले सहभागीता जनाउँदै आएका छन । आजै एमालेका मुख्य दुई नेताबिच सहमति भएर सयुक्त बक्तव्य जारी गर्ने भने पनि त्यो संभावना टर्दै गएको बताइन्छ ।

ओली–नेपालबीचको एकता वार्तामा जनैखटिराको चर्चा
काठमाडौँ । पछिल्लो केही महिनायता पानी वारावरको स्थितिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । भेटवार्ता उनीहरुको स्वच्छाले नभई दोस्रो तहका नेता तथा वार्ता समितिमा रहेका नेताहरुको उच्च दवावले भएको थियो ।
दुई घण्टा भएको भेटवार्तामा सहमतिको कुरा भन्दा बढी अरु कुरामै समय खर्चिएका थिए । वैठकमा पार्टी एकता बारे कुरा भएपनि कुनै ठोस निष्कर्ष निक्लिएन । उनीहरु आआफ्नै पुरानै अडानमा अडिग रहे ।
भेटवार्ता सन्चोविसन्चोको प्रसंगबाट शुरु भएको थियो । भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेता नेपाललाई के छ हालखबर भनेर सोधेका थिए ।
नेता नेपालले केही दिनदेखि जनैखटिरो आएर हैरान भएको जवाफ फर्काए । नेता नेपालले भने ‘हेर्नु न कमरेड दुई तीन दिनदेखि जनै खटिरा आएर हैरान भएँ, दुख्न नि खुब दुख्दो रैछ ।’
नेपालको दुःख सुनेपछि अध्यक्ष ओलीले जनै खटिरो कसरी निको हुन्छ भन्ने बारेमा धाराप्रवाह सुनाए । ओलीले नेता नेपाललाई व्याख्यासहित ‘कालो तिल चबाएर खटिरा भएको ठाउँमा लगानुस् निको हुन्छ,’ भने ।
‘लगत्तै माधव कमरेडले घरमा श्रीमतीलाई फोन गरे कालो तिल छ कि छैन भनेर सोध्नुभयो,’ ओली र नेपालको संवाद सुनिरहेका एक नेताले भने, ‘उताबाट किन भनेर प्रश्न आयो, माधव कमरेडले कालो तिल लगाएपछि जनैखटिरा निको हुने रैछ भन्नुभयो ।’ छलफलस्थलमा ओली र नेपालको नजिकै रहेका ती नेताले सुनाएअनुसार फोनमा नेपालपत्नी गायत्रीले ‘कुन उट्पट्याङले सुनायो यस्तो कुरा भनेर सोधेकी थिइन् ।’
त्यसोका भोलिपल्ट नाष्टले आयोजना गरेको कार्यक्रममा जनैखटिरो कसरी निको हुन्छ भनेर नेता नेपाललाई दिएको टिप्स सम्झिँदै भने, ओलीले भने ‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहीँ बताईदिएँ । म आफैलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । र दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले । साधारण औषधि कालो तिल आफैले चपाएर थपकथपक लगाईदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।’