सर्वोच्चको फैसलासँगै निर्वाचनका सबै प्रक्रिया स्थगित
काठमाडौं । निर्वाचन आयोगले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको बताएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम रोकिने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते राति संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।
निर्वाचन प्रक्रिया अगाडि बढाउँदा खासै खर्च नभएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।