युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ८० हजार ५०० जनालाई आईपीओ परेको छ ।
असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । तर, दोहोरो आवेदनका कारण ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको थियो । सदर भएका आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
इन्स्योरेन्सको आईपीओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।
कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।