प्रतिनिधिसभा वैठक शुरु, केपी ओली र माधव नेपाल अनुपस्थित
काठमाडौं । प्रतिनिधिसभा वैठक शुरु भएको छ । आजै वस्ने दोस्रो वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने भएका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पहिलो बैठकमा अनुपस्थित रहेका छन् ।
वैठकमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।
जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।
त्यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसेकी छन् ।