महानिर्देशक निरौला निजामती सेवामा प्रवेश गर्नुको मुख्य कारण पारिवारिक वातावरण

मुकुन्द निरौलाको पारिवारिक पृष्ठभूमी निजामती कर्मचारी अर्थात सरकारी सेवामा रहेर काम गरेको पाइन्छ । उनका काका टिकादत्त निरौला पूर्व गृहसचिव हुन । बुवाका भाञ्जा लक्ष्मण आचार्य सरकारी नोकरीबाटै सेवा निबृत्त हुनपुगे । राधारमण उपाध्यायदेखि दर्जनौ आफन्तजनहरु सरकारी निकायको उपल्लो तहमा रहेर मुलुकको सेवा गरेको दृष्टान्त छ । यही प्रेरणाबाट प्रभावित भएर मुकुन्द पनि सरकारी नोकरीतर्फ आकर्षित भएका रहेछन् ।
सरकारी सेवामा प्रवेश
०५१ सालमा गोश्वारा हुलाक कार्यालयमा अस्थायी नायव सुव्वा पदबाट मुकुन्दलाई निजामती सेवामा करियर शुरु गर्ने मौका मिलेको रहेछ । निरौलाको ०५४ साल साउन १२ मा लोकसेवा दिए । उनले शिक्षा र गृह मन्त्रालयमा १–१ वर्ष सेवा गर्ने मौका पाए ।
०५४ साल भदौमा उनले शाखा अधिकृत पदमा नाम निकाले तर अन्तरवार्तामा फेल भए । तर हिम्मत हारेनन् । हुलाक समुहको अधिकृत पास गरेर बाजुरा, सुर्खेतलगायत जिल्लाहरुमा ४ वर्ष सेवा गरी मध्यामाञ्चल क्षेत्रीय हुलाक कार्यालयमा रहेकै बखत उनले अर्को बाजी मारे ।
०६२ भदौमा निरौला लोकसेवा पास गरेर उप–सचिव बने । यसपछि भौतिक योजना मन्त्रालय, सडक बिभागमा काम गर्ने अवसर उनलाई जुर्यो । त्रिपुरेश्वरमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको प्रमुखको जिम्मेवारी संहाल्न मौका पनि उनले पाए ।
०६९ फागुनमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिव बन्ने सफलता उनलाई मिल्यो । यसपश्चात दर्जन भन्दा बढी सरकारी निकायमा प्रशासन प्रमुख भएर काम गरेको अनुभव उनीसँग छन् ।
जस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १३ महिना, शिक्षा मन्त्रालयमा २ वर्ष, राष्ट्रिय सुरक्षा परिषदमा २ दिन, सार्वजनिक खरिद अनुगमन कार्यालयमा ६ महिना प्रशासन महाशाखा प्रमुख भएर काम गरेका छन निरौलाले । तत्पश्चात ६ महिना सामान्य प्रशासन मन्त्रालय, ५ महिना श्रम, तथा रोजगार मन्त्रालयमा सोही पदमा रहेर उनले काम गरेका छन् ।
आन्तरिक राजश्व बिभागमा अन्तशुल्क महाशाखामा ९ महिना बिताएका निरौलाको सरुवा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भयो । प्राधिकरणको प्रशासन महाशाखामा उनले १५ महिना बिताए ।
दर्जनभन्दा बढी सरकारी निकाय हाँक्ने अवसर पश्चात निरौलालाई बरिष्ठ सह–सचिवको हैसियतले ०६७ भदौ ११ गते आफ्नै जन्म र कर्मथलो प्रदेश नम्वर १ मा उनी सरुवा भए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद प्रशासन तथा बैठक महाशाखामा । त्यसको करिव १ वर्ष पछि अर्थात ०७७ साउन ४ देखी आजका दिनसम्म उनी वातावरण बिभागको महानिर्देशको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् ।
निरौराको कार्यानुभव
प्राय प्रशासन महाशाखा प्रमुख भएर काम गरेकोले पनि सरकारका हरेक नीति निर्माण र सरकारी काम कारवाही र कार्यान्वयन प्रक्रियालाई नजिकबाट उनले बुझ्ने मौका पाएका छन् ।
सामान्यमा बढी खुशी
सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेर काम गर्दाको क्षण उनी अहिले पनि झलझली संझन्छन् । सोर्सफोर्स नभएका दुर्गम क्षेत्रबाट आएका कर्मचारीहरुप्रति उनी अति उदार भएर प्रस्तुत हुने गर्थे । उनीहरुले माग गरेकै ठाउँमा सरुवा गरिदिन सकेकोमा अहिले पनि आन्नदित महसुस भइरहेको निरौला सगर्व बताउँछन् ।
प्राधिकरणमा अर्को चुनौती
यस्तै पुनर्निर्माण प्राधिकरणमा रहँदा पनि जिल्ला जिल्लाहरुमा प्राबिधिक जनशक्ति परिचालन गर्न कम चुनौतीपूर्ण थिएन । खटाएका कार्य क्षेत्रका कर्मचारी नजाने, वास्तबिक भूकम्प पीडितहरुको लाभग्राही गुनासो सुन्न कठिनाई हुने, त्यस क्षेत्रमा जनशक्ति खटाई समस्या समाधानका लागि समुहगत कार्य गर्न सकेकोमा पनि उनी औधी खुशी छन् ।


राष्ट्रिय सम्मान
कोभिड महामारीको समयमा प्रदेश नम्वर १ मा कार्यरत रहँदा स्वास्थ्यकर्मी परिचालन, औषधिको बन्दोवस्त र सुरक्षाकर्मी परिचालन र सोसँग सम्वन्धित कार्यमा निश्चित क्षेत्रको अनुगमन कार्य सफलतासाथ सम्पन्न गरेकोमा पनि उनी खुशी भएका छन् । उनी मात्र होइन यो कर्मबाट प्रदेश सरकार पनि खुशी हुनसक्यो । जसको मुल्याङ्कन गर्दै प्रदेश सरकारले सु–प्रवल जनसेवाश्री तृतिय बिभुषणको सिफारिस नेपाल सरकार समक्ष गरी सो पदबाट उनी बिभुषित भएका छन् । यो पुरस्कार प्राप्त गरेपछि काम गर्ने आत्मवल पनि निकै बढेको उनको अनुभव रहेको छ ।
महानिर्देशक सँगसँगै सुधारको काममा पनि तल्लीन
०७७ साल साउनमा बातावरण बिभागको महानिर्देशक बनेपछि निरौला आफुले वातावरणसँग सम्वन्धित नयाँ खालको काम गरेको दावी गर्छन् । बिभागमा कार्यरत जनशक्तिहरुको मनोवल बढाउन र उत्प्ररेणा जागरण गर्ने किसिमका काम गर्न उनी लागिपरेका छन् । योजना अनुसारको काम हुन केही समय लाग्ने उनको ठम्याई छ । पहिलो कामको रुपमा कार्यालय भवनलाई सुदृढीकरण काम भइरहेको छ । उनी भन्छन् ‘यसका अतिरिक्त बिभिन्न अध्ययन, अनुसन्धान र उद्योगकहरुको अनुगमन जस्ता कार्य गर्न कानुनी सुधार गर्नुपर्ने आवश्यकता बोध भइरहेको छ ।’
खासमा उद्योगहरुको अनुगमन गरर्यो, कैफियत देखियो भने कारवाही गर्नको लागि कानुनी अधिकार बिभागलाई नभएकोले सफलता हासिल गर्न समस्या परेको उनको तर्क छ । निरौला भन्छन् ‘बिभागको अर्को मुख्य समस्या भनेको कार्य क्षेत्र अन्यत्र कतै नहुनु पनि हो । सीमित जनशक्ति, असीमित माग कार्यान्वयन गर्नु बिभागको अर्को चुनौती हो । यसका लागि बिभिन्न निकायहरुमा अवगत गराई बिभागको सँगठन संरचना परिमार्जन गर्न कार्यदल गठन गरिएको छ ।’
प्रदुर्षण मापन केन्द्रहरुको मंर्मतसंभार, स्टेशन थप स्थापनाको लागि बजेट निनियोजन भएको छ । यी कार्य सकेसम्म चालु आर्थिक वर्ष भित्रै पूरा गर्ने लक्ष्य बिभागको रहेको छ । त्यसैगरी ल्याव स्तरोन्नती गरी बिभागमार्फत सवै खाले प्रदुर्षणहरु मापन गर्न बिभागलाई सक्षम बनाउने योजना उनले अगाडि सारेका छन् ।
शिक्षा
०४६ सालमा सुनसरी जिल्लाको सोनापुर माध्यामिक बिद्यालयबाट उनले एस एल सी गरे । महेन्द्र मोरङ क्यापस बिराटनगरबाट स्नातक उर्तीण गरेर उनी सरकारी सेवामा प्रवेश गरेका हुन । सँगसँगै उनले पढाइलाई पनि निरन्तरता दिदैं गए । जनप्रशासनमा स्नाकोत्तर, शिक्षा शास्त्रमा बि एडसम्मको अध्ययन पूरा गर्न सफल भएका छन् ।
बिदेश भ्रमण
जागिरमा प्रवेशसँगै सरकारी कामको सिलसिलामा उनले दर्जनभन्दा बढी मुलकको भ्रमण गर्ने मौका पाएका छन् । चीन, बङ्गलादेश, थाइल्याण्ड, कम्वोडिया, इन्डोनिसिया, फिलिपिन्स, सिङ्गापुर, दुवई, कतार, कुवेत, ओमन, अमोरिका, स्वीजरल्याण्ड, फ्रान्स, माल्टा, बेल्जियम, लक्जेम्बर्ग आदी मुलुकमा उनले पाइला टेकिसकेका छन् ।
निरौलाको सुझाव
आम नागरिकको परिवर्तित मानसिकता बमोजिम अगाडि बढ्न धेरै किसिमका चुनौती रहेका छन् । नागरिक अर्थात सरकार, बुद्धिजीवी र कर्मचारीको सानो समुह बनाएर सोध, अनुसन्धानको काम अगाडि बढाउन जरुरी रहेको निरौलाको तर्क छ । सेवा माग, प्रवाहमुखी प्रशासन बनाउनुपर्ने उनको भनाई छ ।
प्रस्तुति : रामहरि चौलागाई