गजल
हरियाली जताततै भाद्रमासको याम रैछ
लहलह धानका पात सुनौलो त्यो घाम रैछ ।।
प्रकृतिले नै सजिएको मुटु लुट्ने दृश्यावली
जन्मदिन मनाउन रातो एउटा खाम रैछ ।।
स्वागतार्थ वृक्ष लता भाद्र पाँचको शुभदिन
आशीर्वाद छल्किएको भित्र मेरो नाम रैछ ।।
देवघाटको रातो टीका लगाउँदै निधारमा
जन्मदिनको उपहार मुठी भित्र दाम रैछ ।।
साधा जीवन उच्च सोच महान हो जानेपछि
सच्चा मान्छेको मात्र यहाँ यो धर्तीमा काम रैछ ।।
तुलसीपुर–५, दाङ