साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको जानकारी कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिएका छन् ।
देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा , उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।
छ ।