परदेशी

परदेशी ठिटो खोज्दैन मिठो
सम्झिन्छ त्यै पिठो
जन्मेको माटो सुठो र पिठो
भुल्दैन यो ठिटो॥

घाँसका भारी काँधमा हाली
रमाएको यो ठिटो
पसिना पोखी सिंचेको माटो
सम्झना झन मिठो ॥

गोधुली साँझ झुलेका धान
आँखैमा झलझली
परदेशी जिवन सम्झेर ल्याउँदा
आँसु यी बरबरी ॥

आमाको काख सम्झन्छु साथ
बसौँ म कसरी
मलाई नै सम्झी रूँदिहुन् आमा
रात दिन धरधरी ॥

आमाको जुठो देशको माटो
स्वादिलो झन तिखो
भलै टाढा केही दिन होला
फर्कन्छ यो ठिटो ॥