आयोगले जसपाका कार्यकारिणी समितिका सबै सदस्यलाई बोलायो
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै बोलाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई साउन ११ गते उपस्थित हुन भनिएको छ।
ुजनता समाजवादी दल गठन हुँदाका बखत केन्द्रीय कार्यकरिणी समिति सदस्यका रुपमा हस्ताक्षर गरेका ५१ जनालाई नै सनाखतका लागि नागरिकताको सक्कलप्रति वा मतदाता परिपत्रयसहित उपस्थित हुन आयोगको इजलासबाट आदेश भएको छ।
आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार जसपाको विवाद निरुपणका लागि इजलास नै गठन गरेको छ।
केपी शर्मा ओलीको सरकार हटेसँगै जसपामा महन्थ ठाकुर पक्ष कमजोर देखिएको छ ।
यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो पक्षका ३० भन्दा धेरै सदस्य र १७ सांसद रहेको जिकिर गरेको छ । तर आयोगले कार्यकारिणी समितिमा रहेको बहुमतका आधार जसपाको आधिकारिकता दिने निर्णय लिन लागेको छ।