आमा बन्न लागेकी प्रियंकाको स्विमिङ पोज किन भयो विवादित ?
काठमाडौं । नायिका प्रियंका कार्की पछिल्लो समय चलचित्र भन्दा पनि आमा बन्न लागेकीले चर्चामा आएकी छन् । आमा बन्ने लागेका तस्बिर, भिडियो र विभिन्न गतिविधिले सामाजिक संजाल र मिडियामा चर्चामा छिन् ।
गर्भावस्था मात्र हैन, अन्य क्षणलाई पनि कसरी सेलिव्रेसन गर्नुपर्छ भन्ने मामिलामा अन्य नायिका भन्दा प्रियंका अगाडि छिन् । विहे, अफेयर, फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्विरहरू ट्रेन्डिङमा छन् ।
कान्स फिल्म फेस्टिभल ताका चर्किएको कन्ट्रोभर्सी होस् या पछिल्लो पटक बेबी–बम्पवाला तस्विर । सामाजिक संजालमा उनी हटकेक बनेकी छिन् ।
प्रियंकाले सार्वजनिक गर्ने तस्बिरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । उनी झनझन खुलेर खिचिएका तस्बिर र भिडियो सार्वजनिक गर्दै आएकी छिन् ।
प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्बिरहरू पनि सार्वजनिक गरेकी छिन् ।
स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरू पनि रमाएको तस्बिर सार्वजनिक भएका छन् । प्रियंकाको यो तस्बिरप्रति मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उत्ताउलो बनेको भन्दै आलोचना गरेका छन् भने कतिपयले गर्भवती भएको समयमा जीवनको आनन्द लिएको र निजी जीवनलाई उनले सेलिव्रेसन गर्न पाउनु पर्छ भन्दै प्रियंकाको प्रशंसा गरेका छन् ।