गुल्मीदरबार गाउँपालिका वडा नं. ५ को आफ्नै कार्यालय भवन
गुल्मी / गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमर अर्वाथोकमा वडा कार्यालयको आफ्नै भवन बनेपछि स्थानीय खुशी भएका छन् । वडा कार्यालय भवन नहुँदा वडाको काम गाउँ कार्यपालिकाको भवन गौंडाकोटबाट हुँदै आएको थियो । अब ५ नंबर वडावासीले वडाको कामका लागि गौंडाकोट पुग्नुपर्ने बाध्यताबाट छुट्कारा पाएका छन् ।
हाम्रा स्थानीय प्रतिनिधि नवीन कार्कीका अनुसार पुर्वसांसद चन्द्र भण्डारीको विशेष पहलमा उक्त भवन निर्माणका लागि सरकारी बजेट परेको थियो । करिब ४० लाख रुैपैयाँमा निर्मित उक्त भवनको उद्घाटन गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले गर्नुभयो । सो कार्यालय भवन निर्माणका लागि स्थानीय गिरी परिवारले ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो ।