एमाले एकता रोक्ने प्रचण्ड प्रयास !
काठमाडौं । नेकपा एमालेको एकता बचाउने प्रयास जवजव तात्छ, तवतव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न पुगिहाल्छन् । माधव नेपालसँगको प्रचण्डले गर्ने पटकपटकको भेटलाई एकतामा भाँजो हाल्ने रहेको विश्लेषण माधव नेपाल पक्षका नेताहरूले गरेका छन् । केही हप्ता अघि एमालेका नेता योगेश भट्टराईले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा त्यस्तो संकेत गरेका थिए । उनले एमाले मिल्न नदिन देशीविदेशी लागेको टिप्पणी गर्दै प्रचण्ड र माधव नेपालबीचको पटकपटक भेटलाई त्यसको कडीको रुपमा टिप्पणी गरेका छन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली एकताका लागि लचिलो भएको र दोस्रो र तेस्रो तहका नेताहरूले एकताका ला िगपहल गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान कोटेश्वरस्थित माधव नेपालनिवास पुगेका थिए ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रममा सत्तारुढ गठवन्धन फुटाउने षडयन्त्र भइरहेको अभिव्यक्ति दिएका दाहालले लगत्तै माधव नेपलालाई भेट्को अर्थ एकतामा भाँजो हाल्ने उद्देश्यलै नै भएको हो भन्ने जोसुकैले बुझ्न सक्छ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि उपाध्यक्ष भीम रावलसहितका नेताहरू नेता नेपाललाई मनाउन जुटेका छन् । ओलीले पनि नेता नेपालसँग संवाद अघि बढाउन खोजिरहेका छन् । जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति जुटाएपछि हालै खारेजीमा परेको कार्यदलकै सदस्यहरू एमाले मिलाउन जुटेका हुन् । नेताहरू एमाले मिलाउन जुटिरहेको अवस्थामा प्रचण्डले नेता नेपाल र प्रधानमन्त्री देउवासँग संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसबीचमा एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकतालाई अन्तिम चरणमा पु¥याएको बताएका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तीव्र घोचपेच जारी रहे पनि नेताहरूले एकतालाई करिब टुंगोमा पु¥याएको बताएका छन् । दोस्रो तहका नेताहरू ओली केही पछि हट्नु पर्ने र माधव नेपाल वर आउनुपर्ने पक्षमा देखिएका छन् । नत्र उनीहरूलाई छाडेर एकता गर्ने पक्षमा दोस्रोतहका नेताहरू देखिएका छन् ।
एमाले एकता रोक्ने प्रयास दाहालले गर्नुमा उनको स्वार्थ रहेको देखिन्छ । एमाले एकता भए नेतृत्व माधव नेपालले गर्नुपर्ने र चुनावमा गठवन्धन गर्दै पार्टी एकतामा पुग्न सक्ने उनको विश्लेषण छ । माधव नेपालले एमालेको नेतृत्व नपाए छुट्टै पार्टी बनाउनु पर्ने दाहालको चाहना देखिन्छ । उनले अहिलेलाई केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाएर सरकारमा सहभागि हुने र पछि अन्य साना वाम पार्टी र माओवादी केन्द्रसमेतलाई मिलाएर नयाँ पार्टी बनाउन सकिने योजना नेता नेपाललाई सुनाएका छन् । प्रचण्ड जसरी पनि एमालेलाई पहिलो कम्युनिष्ट पार्टी बन्न नदिने पक्षमा छन् । विगतको पार्टी एकताको उद्देश्य नै नेपालको सवै भन्दा ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने उनको चाहना पूरा गर्नका लागि थियो । हालको व्यवस्थामा पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्छ । २०७२ मा एमाले फर्किदा नेपाल पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य रहन्छन् । त्यसैले अध्यादेशमार्फत केन्द्रीय कमिटीको ४० प्रतिशतले पार्टी फुटाउन सक्ने कानून बनाउने प्रस्ताव देउवा र दाहालले नेता नेपाललाई दिएका छन् । केही समय अघि यस्तै कानून प्रधानमन्त्री ओलीले ल्याउँदा चर्को विरोध भएपछि फिर्ता गरिएको थियो ।