जसपाको आधिकारिता यादव पक्षलाई, ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने


काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालभित्रको लामो विवादको अन्त्य आज भएको छ । लामो छलफल र बहसपछि निर्वाचन आयोगले आज जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत अर्थात ५१ सदस्यमा ३४ जनाले सशशिर उपस्थित भएर समर्थन गरेपछि आयोगले
जसपाको आधिकारिता यादव पक्षलाई दिएको हो ।
त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् भने रेशम चौधरी भने तटस्थ बसेका छन् । उनी जेलबाटै आयोग पुगेका थिए ।
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ । महन्थ ठाकुर पक्षका सांसदहरुको पद के होला भन्ने कौतुलता पैदा भएको छ । आयोगले यसबारे केही बोलेको छैन ।