लुम्बिनीका तीन सांसद जसपाबाट निष्कासित

काठमाडौं । लुम्बिनी प्रदेशका तीन सांसदलाई जनता समाजवादी पार्टी नेपालले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समितित बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो ।
जसपाले सांसदहरु विजयबहादुर, यादव कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई निष्कासनको निर्णय गरेको हो ।
उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय गरेको बताइएको छ ।
जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समस्या हुने देखिएको छ।