कांग्रेसमा चार लाख क्रियाशील सदस्य थपिए
काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएको बताइएको छ ।
क्रियाशील सदस्यताबारे विवाद भएपछ पार्टीले छानविन समिति बनाएको थियो । सो समितिले आज सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए ।
कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको हो । समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।