गजल
सक्दिन होला तिमीलाई भुल्न
चितामा जल्दा नि
धड्कन अझै चल्दै छ किन
बाँच्दिन भन्दा नि
तिम्रो नै बाटो हेर्दछ होला
नजल्ला चिता नि
अस्तु त्यो पनि तिमीलाई
पर्खी बग्दैन होला नि
मायाको भिख माग्दै छु आज
यो आत्मा भड्किँदा
आखिर किन छोडेर गयौं
यो माया तड्पिँदा
आकाशका तारा टिप्दिन्छु भन्थ्यौ
पर्दैन भो भन्दा
धड्कन मेरो चल्दै भन्थ्यौ
चाहन्नँ म भन्दा
मायाको प्यास आँसु ले मेटी
म बाचौँ कसोरी
तिम्रो त्यो यादमा जल्दै छ आत्मा
दनदन न बेस्सरी
दनदन न बेस्सरी