थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ३ हजार ९ सय १५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ७०८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइशोलेशन र ४३९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पिसिआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।